केकीसँग नाच्न नसकेर भागे दयाहाङ,

daya ra kaki 2

काठमाडौ , २४ पुस । अहिलेका चलेका हिरो मध्यका एक हुन् दयाहाङ राई । उनको जती पनि चलचित्र आएका छन् । केहीलाई छोडेर भन्ने हो भने धेरैले ब्यवसाय पनि राम्रो गरेका छन् । तर चलचित्रको चर्चा भने सतप्रतिशतकै हुने गरेको छ । अहिलेको ब्यस्त अभिनेता दयाहाङ नाच्न जान्दैनन् भन्दा पत्यार नलाग्न सक्ला तर यो सत्य हो ।
प्रसंग हो –चलचित्र ‘फन्को’ को प्रेस मिटको । शुक्रबार राजधानीको नयाँ बानेस्वरमा स्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रममा चलचित्रको ‘फन्को’को ‘ठुङ्दे ठुङ्दे…’ बोलको गित गायिका रेस्मा सुनुवार र संगीतकार गायक चेतन सापकोटाको आवाजमा लाइभ राखिएको थिए । उक्त गितमा नाच्न स्टेज अगाडी अभिनेता अभिनेता दयाहाङ र अभिनेत्री केकीलाई बोलाइएको थियो । सुरुमा स्टेज अगाडी आएका दयाहाङ केकीसँग केही बेर पनि नाच्न नसकेर भागेर पुन आफ्नो स्थानमा गएर बसे पनि गायक गायिकाले प्रस्तुति दिइरहदा केसीले भने स्टेजबाट आफ्नो पफमेन्स दिइराखे ।

नयाँ प्रोमो पनि सार्वजनिक गरिएको कार्यक्रममा चलचित्रको बिभिन्न पक्ष समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा चलचित्र अभिनय अनुभव सेयर गर्दै अभिनेता दयाहाङ राइले आफुले आस गरेको चलचित्र ‘फन्को’ भएको बताए । उनले हाइवेमा गार्मी महिनामा चलचित्र छायांकन गरिएकोले धेरै दु:ख भएको सुनाउँदै चलचित्रले सुखद परिणाम ल्याउने आस ब्यक्त गरे ।
चलचित्रका अर्का अभिनेता सौगताले भने आफ्नो केही पनि भन्नु नरहेको भन्दै मन्तब्य छोट्याए ।
त्यस्तै अभिनेत्री केकी अधिकारीले डरै डरमा चलचित्र छायांकन सकिएको बताइन् । उनले चलचित्रका कलाकार दयाहाङ र सौगातले सोही चलचित्र अभिनयका लागी ड्राइभिङ सिकेको उल्लेख गर्दै सिकालु ड्राइभरसँग यानत्राको सट दिदा दिदा डरले हनुमान चालिसा धेरै पटक जपेको सुनाइन् ।
चलचित्रका निर्देशक सुवर्ण थापाले चलचित्र उत्कृष्ट बनाउने कोसिस गरेको बताए । उनले भने ‘मैले टिपिकल्ली बिषय टिपेर चलचित्र बनाएको हुँ ।’ चलचित्र राम्रो बन्न निर्माताको पनि हात हुने सुनाउँदै आफुले भने जस्तो निर्माता पाएको सुनाए ।’ चलचित्रबाट सुनगाभाको भन्दा पनि राम्रो प्रतिक्रिया आफुले पाउने आस राखेको उनले सुनाए । फन्को स्टारको अभिनयले भरिएको भएकोले चलचित्र चल्नेमा आफु ढुक्क रहेको सुनाए ।Saugat_Malla_Haku_Edited
निर्माता नरेन्द महर्जनले चलचित्र हेरी दिन सबैलाई आग्रह गरे । उनले दुई करोड उठाए चलचित्र फाइदामा जाने उनले सुनाए ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रमा सौगात मल्ल नेताको ड्राइभरको भूमिकामा देखिएका छन् भने केकी उनकी श्रीमतीको रुपमा देखिने छिन् ।
कमेडी सस्पेन्स लगायत पैसाको पछाडि दौडने यूवायूवतीको कथालाई चलचित्रले पस्कनेछ । चलचित्र ‘फन्को’ पदम गुरुङको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेव गौतमको लगानीमा निर्माण भएको हो ।

Give Your Opinion On "केकीसँग नाच्न नसकेर भागे दयाहाङ,"