डब्बुलाई सम्मान, तुलसी र श्यामलाई पुरस्कार

13226790_10207978784778819_4471332382733562770_nकाठमाडौ, ७ जेठ । मनोरञ्जन पत्रकारीतामा लामो समय देखि क्रियासिल तिन रंगपत्रकार राजधानीमा सम्मानित भएका छन् । चलचित्र पत्रकार संघले राजधानीमा आफ्नो १७ औ बार्षिक उत्सव पारेर आयोजित एक कार्यक्रममा ति पत्रकारलाई सम्मान गरेको हो । कार्यक्रममा डब्बु क्षेत्रीलाई चलचित्र पत्रकार सम्मान २०७३ प्रदान गरियो, भने तुलसी गिरी र श्याम अर्याललाई पत्रकारीता पुरस्कार २०७३ बाट सममानित गरियो ।

सम्मानित तथा पुरस्कृत तिनै जनालाई सुचना तथा संचार मन्त्री शेरघन राई, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट, चलचित्र बिकाश बोडका अध्यक्ष राजकुमार राई , पत्रकार महासंका पुर्व महा–सचिव पोषण केसी लगायतले सम्मान गरे । सम्मानीत तथा पुरस्कृत सबैले बिभिन्न आधा दर्जन बढी पुरस्कार प्राप्त गरे । पुरस्कृत श्याम र तुलसीले नगद रु पध्रहजार पाँच सय पचपन्न रुपैया प्राप्त गरे ।

सम्मानित डब्बुले २०४९ सालमा नव किरण साप्ताहिक पत्रिका मार्फत पत्रकारिता प्रारम्भ गरेर बिभिन्न साप्ताहिक हुँदै अहिले राष्ट्रिय दैनिक राजधानीमा वरिष्ठ उप–सम्पादकको पदमा कार्यरत छन् । यसै गरि तुलसीले २०४५ सालमा नेपालभूमि साप्ताहिक मार्फत पत्रकारिताको सुरुवात गरेका थिए । त्यस यता कान्तिपुरको साप्ताहिक हुदै उनि यतिबेला म्युजिक डायरी नामक मासिकका प्रधान सम्पादक प्रकाशक पनि हुन् । २०५८ सालमा रेडियो अन्नपुर्णमा पहिलो पटक आफ्नो आवाज श्रोतासम्म पुर्याएका श्याम अहिले इमेज एफएम र टिभीमा कार्यरत छन् ।

कार्यक्रममा संचारमन्त्री शेरधन राइले चलचित्र पत्रकारहरुले नेपाली कलासस्कृतीलाई अगाडी बढाउन उल्लेखनिय भुमिका खेलिहरको बताउँदै अझ लिडर भएर बिक्रितिको चिरफार गर्न सक्ने पत्रकारीता गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले चलचित्र पत्रकारीताको प्रसंसा गर्दै अझै क्रियासिल रुपमा अगाडी बढ्न आग्रह गर्दा चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राइले केही अनलाईनपत्रकारलाई लक्षित गर्दै पत्रकारीतामा ब्यापक सुधार आउनु पर्ने बताए ।
कार्यक्रममा चलचित्र पत्रकारसंघका अध्यक्ष शान्ती प्रियले चलचित्र पत्रकारकै कारण चलचित्र र कलाकर्मी अहिले बिश्वमा चिनन सफल भएको उल्लेख गर्दै चलचित्र पत्रकारबाट चाकडी र चाप्लुसीको समाचार आस नगर्न सबैलाई सचेत गरे । कार्यक्रममा संघले गतबर्षको महाभुकम्पमा परेर घरबार बिहिन भएका पत्रकारलाई दुई क्याटवरीमा बिभाज गरी नगद रु २५,०००र १०,००० समेत सहयोग गरेको थियो । चलचित्र पत्रकार संघले प्रत्येक बर्षको ७ जेठ आफ्नो पत्रकारीता दिवसका रुपमा मनाउँदै आएको छ ।

Give Your Opinion On "डब्बुलाई सम्मान, तुलसी र श्यामलाई पुरस्कार"