प्रतिभा खोज्दै मरिना

November-Rain-producer-anxious-with-Aryan-Sigdel

काठमाडौ, २७ जेठ । भनिन्छ ,चलचित्र क्षेत्रमा नाताबाद र क्रिपाबाद चल्छ । त्यो भन्दा परको मानिसले अवसर पाउन सक्दैन । यो भनाईलाई चिर्ने प्रयास गरेका छन् नायकबाट निर्माता बन्दै गरेका रंग पत्रकार श्याम अर्यालले ।

श्यामले आफुले निर्माण गर्ने तयारी गरेको चलचित्र ‘मरिना’ मार्फत गायनमा उत्कृष्ट प्रचिभा खोज्ने र त्यही प्रतिभालाई गीत गाउने अवसर समेत दिने घोषण गरेका छन् । गीत संगीतलाई माया गर्ने र नेपाली चलचित्र संगीमा छिर्ने अवसरको खोजिमा रहेको प्रतिभाको लागी यो सुनौलो अवसर पनि हो ।

प्रस्तुतकर्ता श्यामका अनुसार गीत गाउन इच्छुकले चलचित्रको लागी तयार पारिएको ‘प्रियसी’बोलको गीतको म्युजिक ट्रयकमा आवाज भरेर युट्युवमा अपलोड गर्न सक्नेछन् । त्यसरी अपलोड भएका गीत मध्य उत्कृष्ट गीत तथा गाउनेलाई चलचित्रको अर्काे गीत गाउन दिइनेछ ।

श्यामले मरिना सामाजिक कथामा बनाउन लागेका हुन् । चलचित्रलाई अनुप गिरीले निर्देशन गर्दैछन् । चलचित्रमा अर्जुन पोखरेल, राजन तिमल्सिना, सन्देश सुवेदीको संगीत रहने छ । चलचित्रका निर्माता रतन थापा रहेका छन् । चलचित्रमा आर्यन सिग्देल, गौरव पहाडी ,बर्षा राउत, पारस थापा, प्रतिष्ठा पौडेललगायतको अभिनय रहने छ ।

Give Your Opinion On "प्रतिभा खोज्दै मरिना"