दिलकृष्णले ल्याउदै बुलेट

2
काठमाडौ, ३ असार । मनसुन को सुरुवात संगै आफ्नै होम प्रोडक्सन श्रेष्ठ इनटरनेशनलको व्यानरमा निर्माण भएको पछिल्लो चलचित्र बुलेट लाई लिएर आउँदैछन् कलाकार दिलकृष्ण श्रेष्ठ, लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा स्थापित हुने कोशिसमा रहेका दिल कृष्ण श्रेष्ठका यस अघिका तिमि जहाँ भएपनि, लुट कम्पनी जस्ता चलचित्र प्रदर्शनमा आईसकेका छन् भने उनिद्धारा अभिनित चलचित्र हिरोज र वुलेट भने प्रदर्शनमा आउनै लागेका चलचित्र हुन् । वुलेट दिलकृष्णको होम प्रोडक्सनमा वनेको चलचित्र हो ।
नेपालमा फिल्म बनाउन भन्दा प्रदर्शन गर्न महाभारत हुने नेपाली सिनेमा उद्योगमा महाभारत युद्धका योद्धा झैं अनुभव भइरहेको अभिब्यतिm दिैदै चलचित्रको प्रदर्शन मिती र फस्ट लुक सार्वजनिक गर्ने तयारीमा लागिरहेको बताएका छन् ।
ग्राफिक्स एनिमेशनको उच्च प्रयोग भएको चलचित्र बुलेटको प्राविधिक कार्यको लागि मात्र दुइ बर्ष लागेको बताए । हाल यस फिल्म को रेन्डरीङ्ग कार्य दुबइमा भइरहेको छ । शारदा श्रेष्ठको दोश्रो प्रस्तुती भुवन पराजुलीको निर्माण रहेको यस चलचित्रमा दिल कृष्ण को प्रमुख भुमिका रहेको छ । बुलेटको पोष्ट प्रोडक्सनको समय अवधिभर दिल कृष्णले एन वि महर्जनको निर्देशनमा बनेका चलचित्र हिरोज र आरोहि गिरि द्घारा निर्मित सरकार मा समेत गर्न भ्याएका छन ।

दिलकृष्ण अभिनित यि दुइ चलचित्र पनि यहि मंसिर भित्र प्रर्दशन आउने जानकारी गराए । एक्सन रोलमा आफुलाइ सशक्त रुपमा प्रसतुत गर्दै आएका दिलकृष्ण ले तिनै वटा चलचित्रमा फरक तथा सशक्त अभिनय गरेको बताएका छन् । पछिल्ला समयमा एक्सन हिरोहरुको खडेरी लागिरहेको अवस्थामा श्रेष्ठले एक्सन हिरोको कमिलाई पुरा गर्ने अपेक्षा इण्डष्ट्रिले राखेको छ ।

Give Your Opinion On "दिलकृष्णले ल्याउदै बुलेट"