जे माग्यो त्यही दिने ख्वापामा ‘अनौंठो कुवा’

काठमाडौं , ५ असार । ख्वापा नाट्यशालामा नाटक अनौंठो कथा मञ्चन शुरु भएको छ । विश्व प्रसिद्ध तथा आयरल्याण्डका नाटककार डेन किसनद्धारा लिखित नाटक जिम्मि एण्ड विन्चिलाई नेपालीमा रुपान्तरण गरि मञ्चन गरिएको छ । उत्त नाटकलाई प्रविन खड्गीले नेपाली नाटकमा रुपान्तरण गरेका हुन । जस नाटकलाई ( अनौंठो कुवा ) नाटकलाई प्रविनले नै निर्देशन गरेका छन् ।

anauto
नाटकमा एउटा जिम्मि को गाउँ हुन्छ । उत्त गाउमा एउटा अनौठो खाल्को कुवा छ ,जुन कुवामा सिक्का हालेर इच्छा माग्ने गर्दछन् । सिक्का हाले पछि आफुले मागेको इच्छा पुरा हुने जन बिस्वासमा मान्छेहरु टाढा टाढा बाट इच्छा माग्न त्यस कुवामा आउने गर्दछन् । माइकी भन्ने एक जिम्मिको साथी विरामी हुन्छे । साथी चाडैँ निको होस भनेर जिम्मिले उत्त कुवामा सिक्का फाल्छ र आफ्नो इच्छा माग्छ । माइकी निको पनि हुन्छे । दिनहु उपचार गर्ने डाक्टर चकित खान्छ । माइकीका बावु छोरी निको भई भनेर खुशीले पागल हुन्छ ।
त्यस कुवामा कुनै अवदैत्य शक्ति छ भन्ने कुरा के थाहा र जिम्मिलाई । तर उस्लाई के थाहा ,उस्को इच्छाले मृत्युको छायाँ बोक्ने ब्यान्सीलाई टक्कर दिन्छ । वालमनोविज्ञानमा आधारित उत्त नाटकमा वालबालिकालाई निकै ज्ञानगुनका भाव दर्शाइएको छ । नाटकलाई निकै मजाले प्रस्तुत गरिएको छ । कलाकारको अभिनयले दर्शकले निकै मन पराएका छन् ।
यस्तै विषय बस्तुलाई अनौठो कुवा नाटकमा प्रस्तुत गरिएको छ । नाटकले घरि हँसाउ भने छिनमा भावुक बनाउँछ । प्रविण खड्गीले यस अघि परिको घडी नाटक लेखेर मञ्चन गराएका थिए
अनौठो कुवामा प्रदिप नेपाल, सचिन कडेंल,सन्देश घिमिरे,रोशनी साप्कोटा,उमा तामाङ,प्रदिप खड्गी,दिपुमाया तामाङ,सुमित्रा मगर,सुरेन्द्र कटुवाल,सम्झना मगर,सुशान्त तामाङ,युवराज अर्याल,अर्जुन बोहोरा लगाएको अभिनय रहेको छ ।

Give Your Opinion On "जे माग्यो त्यही दिने ख्वापामा ‘अनौंठो कुवा’"