अल्का मिस एसएलसी नेपाल, दीवस एसएलसी प्रिन्स

miss slc nepal 1

काठमाडौं ९ असार । अल्का सुबेदी भईन् यस बर्षको मिस एसएलसी नेपाल २०१६ । उनले झण्डै सात दर्जन प्रतिष्पर्धीलाई उछिनेर विजेता बन्न सफल भएकी हुन् । त्यस्तै फस्ट रनरअपमा अस्मिता तामाङ र सेकेण्ड रनरअपमा स्मारिका न्यौपाने भएकी छन् ।

त्यसैगरी ट्यालेन्ट रितिका केसी, फोटोजेनिक विमला टोइसाङ, पपुलर स्मारिका न्यौपाने, भिवर च्वाईस सृष्टी चापागाई, अर्गनाईजर्स च्वाईस अवार्ड अनिसा श्रेष्ठ, मिस बेस्ट हेयर र स्माईल रोसना श्रेष्ठ भएकी छन् । त्यसैगरी, अनुसासनमा सुचिता श्रेष्ठ, फ्रेण्डशीप अनिषा शाही ठकुरी, पर्सनालिटि प्रिजु भण्डारी, स्टाईलिस मल्लिका महत, वाल्क रिचा बुढाथोकी, एकाडेमिक दीक्षा बस्नेत, कन्फिडेन्ट रेबिका घिमिरे, समाजसेवी अस्मी कुवर र भेटेरान याशिमा जुमी याक्खा भएका छन् ।

miss slc nepal 2

दी फेसन प्लसले प्रत्येक बर्ष झै यस बर्ष पनि मिस एसएलसी नेपाल र एसएलसी प्रिन्स आयोजना गरेको हो । त्यसैगरी एसएलसी प्रिन्स तर्फ बिजेता दिवस कार्की भएका छन् । त्यस्तै फस्ट रनरअप देबेस गोयल तथा सेकेन्ड रनरअप टीवस लामिछाने भएका छन् । टाईटल अवार्ड पाउनेहरुमा फोटोजेनिक दिवस कार्की, ट्यालेन्ट अबिनास केसी भएका छन् ।
टाईटल अवार्ड पाउने अन्यमा पपुलर सौगात घर्तीमगर, भिवर च्वाईस विबेक पन्थी, अर्गनाईजर च्वाईस सुगम जोशी, बेस्ट हेयर स्टाईल कृष्ण श्रेष्ठ, स्माईलदिवस श्रेष्ठ, लिडरशीप टीवेस लामिछाने, अनुसासन विमल बस्नेत, फ्रेण्डशीप प्रेम राउत, पर्सनालिटी जेनिथ प्रसाई, स्टाईल सौरभ कार्की, वाल्क दीपु राई, एकाडेमिक सन्दीप श्रेष्ठ र समाजसेवी भूपाल विष्ट भएका छन् ।

slc prince
मिस एसएलसी नेपाल तथा एसएलसी प्रिन्सका विजेताले तीन लाख, दुई लाख र एक लाख बराबरको छात्रवृत्ती तथा ३० हजार, २० हजार र १० हजार नगद पाएका छन् ।

प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, शिक्षा क्षेत्रबाट रमेश सिलवाल र रामहरी सिलवाल, मिडिया क्षेत्रबाट पुनम गौतम क्षेत्री र रजनी केसी निर्णायक थिए । प्रतियोगिताका बिजेताले उच्च शिक्षा निःशुल्क पढ्न पाउनेछन् ।
काठमाडौं लगायत पोखरा, चितवन, दाङ, झापा, धरान, वीरगन्जबाट छनौटगरी अन्तिम चरणमा उनीहरुलाई प्रतिष्पर्धा गराईएको थियो ।

Give Your Opinion On "अल्का मिस एसएलसी नेपाल, दीवस एसएलसी प्रिन्स"