सकियो ‘उपिया“को निबन्ध’ अब ‘एकलव्यको अन्तिम टेप’

Upiyako_Nibandha_Kedar_Shrestha_10काठमाडौ, ४ साउन । काठमाडौं मल सुनधारास्थित थिएटर मल नाटकघरमा असार १० गतेदेखि नियमित मञ्चन भइरहेको नाटक ‘उपिया“को निबन्ध’को औपचारिक समापन गरिएको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक आइतबार (साउन २) समापन मञ्चन गरिएको हो ।

असार १० देखि साउन २ सम्म नियमित तथा थप शोसहित ३० औं मञ्चनमा औपचारिक समापन गरेपनि केहिदिनसम्म स्कुल, कलेज तथा अन्य संघसंस्थाले गरेको बुकिङ शोहरु भने चल्नेछ । थिएटर मलको संस्थापक संस्था तथा नेपालकै पहिलो बालनाटकमा केन्द्रित नाट्य संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले निर्माण गरेको नाटक ‘उपिया“को निबन्ध’ काठमाडौं बाहिर समेत मञ्चन गरिने तयारी पनि भइरहेको छ ।

नाटक मञ्चनको क्रममा साथ दिनुहुने सञ्चारकर्मी, सञ्चारमाध्यम, रंगमञ्चप्रेमी, दर्शह तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति टिसीसी नेपाल तथा थिएटर मल धन्यवाद तथा आभार व्यक्त गर्दछ । यहा“हरुको साथ, समर्थनको सदैव अपेक्षा गर्दछौं ।

स्कुले परिवेशको कथालाई हा“स्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपिया“को निबन्ध’मा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रुपमा लेखिदिएको ‘उपिया“’ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ ।

007

लेखक, निर्देशक केदार श्रेष्ठको यो नाटक निर्देशनको रुपमा चौथो र लेखनका रुपमा दोस्रो नाटक हो । बाल्यकाल र स्कुले जीवनका घटनाहरुलाई कलात्मक रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको नाटकमा अभिनेता अभय बरालको साथमा सञ्जिता सञ्जी, राजेन्द्र भट्ट, विजय ताम्राकार, बिनिता गुरुङ, लक्ष्मी वर्देवा, प्रकु पाण्डेय, शंकर भण्डारी, एना देउजा, जीवन भट्टराई, रोसन सुवेदी, ममता लामिछाने, दिपक चन्दले अभिनय गरेका छन् ।
इलिना नकर्मी कार्यकारी निर्माता रहेको नाटकमा घनश्याम श्रेष्ठको परिकल्पनामा सवीर चुरौटेले प्रकाश परिचालन गरेका थिए । त्यस्तै नाटकमा राजेश थापा र राजु कार्कीको संगीतमा अमुल श्रेष्ठले परिचालन गरेका थिए ।

थिएटर मलमा यही साउन २१ गतेदेखि शंकर रिजालको निर्देशनमा नाटक ‘एकलव्यको अन्तिम टेप’ मञ्चन हु“दैछ ।   ।

Give Your Opinion On "सकियो ‘उपिया“को निबन्ध’ अब ‘एकलव्यको अन्तिम टेप’"