पति देवलाई घुक्र्याउँदै रिस्ता

13942590_10208471789865238_630184289_n - Copy

काठमाडौ , २७ साउन । तीज नजिकिँदैछ, सबै विवाहित नारीहरुलाई आफ्नो माइतीघर जाने रहर पनि छ । तर पतिदेवले माइती नजान आनाकानी गरेपछि नारीको हालत के होला ।

कविता शिवाकोटी र मेलिना राईको स्वरमा सजिएको ‘पतिदेव’ बोलको गीतको भिडियो हेर्ने हो भने माइती जाने अनुमति माग्न नारीले श्रीमानलाई कसरी फकाउँछन् भन्ने कुरा प्रष्ट्याउँछ ।
गीतमा रहेको ‘पतिदेव हजुरले भनेको सबैकुरा मान्छु, तर आज जे भने नि माइती जान्छु जान्छु’ शब्दले पनि नारीको पति प्रतिको सद्भाव र प्रेमसँगै विद्रोह पनि बोलेको छ । गीतमा गौरभ दर्पण र कृष्ण उदाशीका शब्द, गौरभ दर्पणको संगीत, कुशल सिंहको एरेन्ज छ ।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा रिस्ता बस्नेत, कविता शिवाकोटी, भुपाल शिवाकोटी र शंकर बिसीको अभिनय छ । भिडियोमा राजेश घिमिरेको छायांकन र नविन घर्ति मगरको सम्पादन छ । गीतको अडियोलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो ।

Give Your Opinion On "पति देवलाई घुक्र्याउँदै रिस्ता"