पाँचौं बृहत् पुस्तक प्रदर्शनी शुरु

IMG_0214काठमाडौ , ३ भदौ । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने नाराका साथ डिकुरा पब्लिकेशनको आयोजनामा भृकुटीमण्डपमा शुरु पाँचौं बृहत् पुस्तक प्रदर्शनी भदौ २ गते बिहिबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उदघाटन गरे ।
पठन संस्कृतिको विकाशमा यस्ता प्रदर्शनीको अलिक फरक खालको महत्व रहने हुनाले हामी पनि आयोजकहरुको उत्साह बृद्धिका लागि आप्mना पुस्तकहरु यस्ता प्रदर्शनीहरुमा पुर्याउन थालेका छौं, कुलपति उप्रेतीले भने ।
किन्न त पाठकले हरेक प्रकाशकको शो रुममा गएर पनि पुस्तक किन्न सक्छ तर यस्ता प्रदर्शनीले पाठकमा पुस्तक छनोट र के पढ्ने भन्ने कुरामा पनि विशेष गम्भीर बनाउने भएकाले पनि पुस्तक प्रदर्शनीको फरक महत्व रहेको हो, कुलपति गंगाप्रसाद उप्रेतीको मत थियो ।
भदौ ११ गते शनिबारसम्म चल्ने यस प्रदर्शनीमा दैनिक साहित्यिक कार्यक्रम, लेखकसँग साक्षात्कारका साथै विभिन्न पुस्तकको विमोचनसमेत हुने जानकारी यस प्रदर्शनीका संयोजक साहित्यकार पुण्यप्रसाद प्रसाईले दिए ।
उनका अनुसार एक लाख अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य रहेको छ भने एक सयभन्दा बढी प्रकाशकहरुका हजारौं शीर्षकका पुस्तकहरु प्रदर्शनीमा सामेल छन् । नेपाली भाषाका पुस्तक मात्र नभएर अंग्रेजी भाषामा पढ्न चाहने पाठकलाई समेत ध्यानमा राखेर अंग्रेजी पुस्तकका समेत विभिन्न स्टल प्रदर्शनीमा राखिएका छन् । साथै बालबालिकादेखि सबै किसिमका पाठकका लागि उपयोगी पुस्तक प्रदर्शनीमा राखिएका छन् । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने मूल नारा बोकेको यस बृहत् पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने छन् भने अंग्रेजी भाषाका क्लासिकल पुस्तकहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक प्रसाईले बताए । उनका अनुसार यस प्रदर्शनीको उद्देश्य, उचित समयमा पढिएको उचित पुस्तक पाठकका लागि ठूलो प्रेरणा हुन सक्ने हुनाले हरेक नेपालीमा पुस्तक संस्कृतिको विकास र विस्तार गर्न पहल गर्ने र विभिन्न उमेर समूहका पाठकको रुचिलाई सम्बोधन गर्ने पुस्तकहरुको व्यवस्था गर्न यो प्रदर्शनीको आयोजना गरिएको हो ।

Give Your Opinion On "पाँचौं बृहत् पुस्तक प्रदर्शनी शुरु"