मिलापको आयोजनामा मण्डलामा गुञ्जिए सुवास

news-pic-1काठमाडौ, २६ भदौ । शनिवारको दिन राजधानी काठमाडौंमा विहानै देखि झरी परिरहेको थियो । बाहिर झरी परिरहे पनि राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा भने खचा खच भिडको माझमा कहिले हाँसो र कहिले स्तब्धताबीच गुञ्जिरहेका थिए गजलकार सुवास राई ‘क्याप्टेन’ । मिलाप मासिकले आयोजन गरेको कार्यक्रममा उनले तीन दर्जन जति गजल वाचन गरेका थिए । उनका गजल वाचनमा स्थानीय परिवेश, आचलिक्ता, माया, प्रेम, सद्भाव र संस्कृतिका कुराहरु रहेका थिए ।

हेवन्ली पाथ नारी संघ उपत्यका शाखाको प्रायोजनमा भएको यो गजल वाचन भदौ ११लाई तय थियो तर गायक खेमराज गुरुङको असमायिक निधनले भदौ २५ गते शनिवार भएको वाचनमा सुवासले उनै गायक खेमराज गुरुङलाई श्रद्धा सुमन अर्पण गर्दै उनैले गाएको सुवासको शब्द रहेको सम्झनाको आँचलबाट आफ्नो गायन सुरु गरेका थिए ।

सुवासले भुईकुहिरोले ढाके, एकैचोटि बौलाएर, गाउँ छोडी, चैतमास गुराँस, घरकै माया, चौरीखर्क काटेर, पिखुवा खोला, सारङ्गी र बाँसुरी, सारा मान्छे अटाउने, छाना छाउने खर छैन, आफ्नो स्वरुप आफैँसँग लुकेपछि रोएछु, कति दिनहरु रोएर विताए, विर्सौयौ कि सम्झना, धर्तीको शिरमाथि, निभिसक्यो जिन्दगीको आधा अगुल्ठो, साल्पा सिलिचुङ, बाहिरी रुप हेर्दा, सबै आफ्नो हुन्न रैछ, हरायो रे ढिकी जाँतो जस्ता गजल वाचन गरेका थिए । उनलाई एउटा गजल वाचनमा रावतले सघाएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङको प्रमुख आतित्यमा भएको कार्यक्रममा कवि तथा पत्रकार फूलमान वल, मिलापका कृष्ण भुसाललगायतले शुभकामना दिएका थिए । शुभकामना मन्त्वयमा क्रममा शुवास राईका गजलमा स्थानिय परिवेश, स्थानिय माटोको गन्ध पाइने भन्दै गजल आयातित विधा भएता पनि त्यसलाई कसरी आफ्नो बनाउन लागि पर्ने भन्ने कुरा उनीबाट सिक्नु पर्ने श्रवण मुकारुङले बताए । त्यस्तै कवी तथा पत्रकार फूलमान वलले शुवासले आफ्नो परिवेसमा मात्र नभएर तामाङ समुदाय तथा अन्य समुदायका भाषा, संस्कृतिलाई लिएर पनि गजल कोर्ने गरेको आफूले पाएका बताए ।
मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले संयोजन गरेको कार्यक्रममा प्राज्ञ शशी लुमुम्बू, आख्यानकार, राजन मुकारुङ, कवि चन्द्र रानोहँछा, संगीतकार पारस मुकारुङ, उपेन्द्र सुब्बा, विरेन्द्र राई, बसन्त मुकारुङ, गीतकार वसन्त वित्यासी थापालगायतका थुपै्र स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

Give Your Opinion On "मिलापको आयोजनामा मण्डलामा गुञ्जिए सुवास"