१४ असोजबाट देशभर सत्यदीप

shatyadeep-film-6काठमाडौ, २६ भदौ । संगीतका माध्यमले संसार परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिने चलचित्र सत्यदीप १४ असोजबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
निर्माता बिनय राम श्रेष्ठ चलचित्र देशभर एकसाथ ल्याउन लागेको जानकारी दिए । पुष्कार घिमिरेको निर्देशन रहेको यो डेब्यु चलचित्र हो । करिब दुई दशकको चलचित्र यात्रामा आफुले हासिल गरेको अनुभव चलचित्रमा खनाएको निर्देशक घिमिरेले बताए ।
रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, जिवन गिरी ,श्याम केसीलगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरुलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पार्ने कथा उठाएको छ ।
उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।

Give Your Opinion On "१४ असोजबाट देशभर सत्यदीप"