राजधानीमा चारदिने अन्तर्राष्ट्रिय परफर्मेन्स आर्ट फेस्टिबल

seiji-shimuda-japanकाठमाडौं ३० भदौ । असोज ३ देखि चारदिने अन्तर्राष्ट्रिय परफर्मेन्स आर्ट फेस्टिबल काठमाडौंमा हुँदैछ । नेपाल सहित ६ देशका परफर्मेन्स आर्टिष्टले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सो आर्ट देखाउने कार्यक्रम रहेको छ । विश्वमा कलामा देखिएका विविध शैली र माध्यममध्ये यो विधा पछिल्लो समय नेपालमा पनि सशक्त रुपमा विकास भइरहेको छ । विन्दु स्पेस फर आर्टिष्टको आयोजनामा नेपाल, चीन, जापान, इण्डोनेशिया, भारत र बंगलादेशका परफर्मेन्स आर्टिष्टले चारदिनसम्म परफर्मेन्स कलाको फेस्टिबल गर्न लागेका हुन् । तारागाउँ म्यूजियम बौद्ध र चाँगुनारायणस्थित डोलागिरी उ.मा.वि.मा सो कार्यक्रम हुन लागेको हो ।
‘चौथो काठमान्डु इन्टरनेशनल परफर्मेन्स आर्ट फेस्टिबल–२०१६’ मा नेपालबाट १३ जना कलाकार र विदेशबाट १० जना कलाकार सहभागी हुने आयोजकले बताए । सो परफर्मेन्स आर्ट फेस्टिबलमा नेपालमा धेरै देशका कलाकार सहभागी पहिलो कार्यक्रम भएको आयोजक पृथ्वी श्रेष्ठले बताए । नेपालमा परफर्मेन्स आर्टलाई निरन्तर रुपमा विविध कार्यक्रम गर्दै स्थापित गर्न विन्दुले काम गरिरहेको श्रेष्ठले बताए । उनले भने, ‘विश्वमै परफर्मेन्स आर्टको छुट्टै पहिचान स्थापित भएको छ । नेपालमा पनि नयाँ खालको कला अभ्यासका लागि हामीले यो फेस्टिबल गरेका हौं । यसमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाकारले अवसर पाउने भएकाले पनि यसको महत्व बढेर गएको छ । नेपाली कलाकारलाई यसका विविध अवसर र संभावनामा सहयोग पुगोस् भन्ने हाम्रो चाहना पनि हो ।’
समाजका विविध घटनालाई सटिक र प्रभावकारी रुपमा विना रिहलसन कलाकार स्वयम् नै कलाको रुपमा प्रस्तुत भएर यो कला देखाइन्छ । भावनाटिका अर्थात परफर्मेन्स आर्टले समसामयिक, राजनीतिक, सांस्कृतिक तथा समाजका विविध पक्षलाई प्रभावकारी रुपबाट देखाउन महत्वपूर्ण सघाउँ पु¥याउँछ ।
नेपालमा विन्दुले सन् २००७ देखि कला कार्यशाला, अन्तरक्रिया, प्रदर्शनी, आर्टिष्ट रेसिडेन्सी तथा कलाका विविध कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै नेपालबाट छ जना कलाकारलाई गएको चारवर्षको बीचमा परफर्मेन्स आर्टका लागि विदेश पठाइसकेको श्रेष्ठले बताए ।
‘एक कलाकारले अर्को कलाकारलाई मद्दत गर्ने थलोको रुपमा यस्तो कला अभ्यास प्रभावकारी हुन सक्छ । विदेशी कलाकारको अनुभवलाई नजिकबाट नियाल्ने अवसर पनि मिल्ने भएकोले यो फेस्टिबलको नेपाली कलाको इतिहासमा बेग्लै महत्व रहेको छ,’ आयोजक सौरगंगा दर्शनधारीले बताइन् ।
कर्यक्रमको पहिलो दिन परफर्मेन्स आर्टका बारेमा अन्तरक्रियात्मक कार्यक्रम गरिने र बाँकी तीन दिनमा दोस्रो र तेस्रो दिन तारागाउँ म्यूजियम र अन्तिम चौथो दिन चाँगुनारायाणस्थित डोलागिरी उ.मा.वि.मा कार्यक्रम गरी समापन गरिने दर्शनधारीले बताइन् ।

Give Your Opinion On "राजधानीमा चारदिने अन्तर्राष्ट्रिय परफर्मेन्स आर्ट फेस्टिबल"