१५ बर्ष पछि फेरी थियटरमा “राजेन्द्र लक्ष्मी”

khwapa-8

काठमाडौं, १३ असोज । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन् । तिनै नेपाल एकिकरण अभियानकी नायक राजेन्द्र लक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन शुरु भएको छ ।

नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्र लक्ष्मी नै हुन । यिनी राजा प्रतावसिंहकी पत्नी हुन भने पृथ्वी नारायण शाहकी बुहारी । ससुरा पृथ्वीनारायण शाहले एकिकरणको अभियानलाई सफल पार्न आफै राजेन्द्र लक्ष्मी युद्धमा होमिएको पाइन्छ ।

रामकेशर बस्नेत,सेनानी अमर सिँह थापा,अभिमान सिँह बस्नेत लगात बीर सेनाको वलमा यिनले चौबिसे राज्यहरुलाई एकिकरण गरि गरि गोर्खालीलाई शत्तीशाली राज्यको परिचय गराए कि थिईन । वि.स. १८४०को हाराहारीमा भएको यो ऐतिहासिक घटनालाई ख्वापा नाटक घरमा मञ्चन भईरहेको छ ।

बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित नाटक ‘ राजेन्द्र लक्ष्मी ’ मञ्चन भईरहेको हो । प्रचण्ड मल्लले यो नाटक २०५८ सालमा मञ्चन गराएका थिए । हाल संसद भवन रहेको ठाउँमा उत्त नाटक देखाईएको थियो । यो नाटक हेर्न तत्कानि राजा विरेन्द्र सहित राज परिवारले हेरेका थिए ।

त्यही नाटक ख्वापा नाटकघरमा असोज ८ गतेबाट शुरु भएकको छ । प्रदिप खड्गी पासा र भोला अधिकारीद्धारा निर्देशन गरिएको नाटक असोज १५ गतेसम्म मञ्चन हुने बताइएको छ । मञ्चनको शुरुवातबाटै दर्शकको राम्रो साथ नाटकले पाएको छ । राजेन्द्र लक्ष्मीको भुमिकामा उमा तामाङले गरेकी छन् । उन्को अभिनय निकै सशत्त रहेको पाईन्छ ।

जीवन्त अभिनय उमाले यस नाटकमा गरेकी छन् । नाटकमा उमा तामाङ, रामकृष्ण श्रेष्ठ, अर्जुन बोहोरा,प्रदिप खड्गी (पासा), दिपु माया तामाङ, सम्झना मगर , रबि कार्की,सुरेन्द्र कटुवाल,रिभा तामाङ,रोशन डोटेल,सम्पुर्ण भण्डारी, सुमित्रा मगर, प्रदीप नेपाल र भोला अधिकारीको अभिनय रहेको छ ।

Give Your Opinion On "१५ बर्ष पछि फेरी थियटरमा “राजेन्द्र लक्ष्मी”"