पुर्वेली लोक गीत संगीतमै रमाएका गणेश

img_0287-copy काठमाडौं, ९ मंसिर । ‘गाउँ–समाजका प्रचलित भाका, जुन गाउँ–समाजका मानिसले तुनेका, बुनेका र लय हालेका शब्द हुन्छन् । त्यो नै लोक गीत हो ¬। गायक न्यौपानेले कुराकानीको सुरुमै भने । लोक गीतको शब्द र लय आफै संकलन गर्दै गायदै आएका उनी सफलता कसी पनि यसलाई नै मान्दछन् ।
धनकुटाकाका हुन् उनी । उनले बाल्यकाल त्यहाँको पाखा र पखरासँग खेल्दै बिताए । सायद त्यसैले पलाएको होला उनको लोक गीत प्रति आकर्षण । ‘मेलापात, दाउरा–घाँस गर्नेले गाएको भाकाले पनि मलाई छुन्थ्यो’, उनले बिगत सम्झिए ।
सानोमा गाउँ घरमा सिकेका भाकालाई उनले तत्कालै केही गर्न सक्दैनथे । त्यसैले ति भाका उनले दिमागाको स्टोरमा भरे । आफ्नो र परिवारको भविस्य खोन्दै जव उनी २०३९ सालमा काठमाडौं छिरे । सुरुमा ट्रेकिङ गाइड पेसा अपनाए । यहि पेसाको क्रममा उनले गाउन घरमा स्टोर गरेका गीत गुनाउन थाले । कहिले काही पर्यटकलाई पनि सुनाउँथे । उनको यो क्रम साथीभाईमाझ पनि चल्थ्यो ।
यो क्रममा उनलाई धेरैले गाउँन हौस्याए । साथै एल्बमको लागि पनि सुझाए । आफ्नो सर्कलका साथीहरुले पनि एल्बम ल्याएको देखे । त्यसैले उनले पहिलो एल्बमको नाम ‘झुमके–सल फिरिरी’ जुराउँदै बाहिर ल्याए । एल्बम बजारमा ल्याउन उनलाई साथ रञ्जना क्यासेट सेन्टरले दियो ।
पहिलो एल्बमले कुनै पनि कोणबाट फाइदा दिलाएन उनलाई । तर पनि हरेस खाएनन् उनले । एल्बम बजारमा आएपछि पाएको चौतर्फी प्रतिक्रियाले झन् हौसिए । त्यसपछि तरुनतै उनले अर्काे एल्बम बनाए ‘धनकुटा डाँडाबजार’ । यस एल्बममा धनकुटा डाँडाबजार र कञ्चनजंघा शिरबोलको गीत रहेको थियो । यो गीतले उनलाई गायनमा उचाही दिलायो । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन ।

dsc_4108
थुप्रै पूर्वेली लोक गायक बीच अलग्गै परिचय बनेको छ अचेल उनको । थुप्रै पूवेली लोक भाका गाएर उनले यो परिचय बनाएका हुन् । ‘लैलैमा कान्छी’, ‘ढाकाटोपी शिरैमा’, ‘हेरन कान्छी हेरन’, ‘धनकुटा भोजपुर’ जस्ता गीत उनका अहिले पनि त्यतिकै चर्चित छन् । धनकुटा डाँडाबजार वोलको गीत बाहेक सबै गीतमा उनी आफैंले स्वर र्दिका हुन् । ठेट नेपाली भाषाका गीत संकलनमा उनी आफै गाउँगाउँ जाने गर्दछन् । यो क्रममा उनले उकाली ओराली भिर पाखा केही भन्ने गरेका छैनन् । नत थकाई मार्ने गरेका छन् ।
‘मलाई शब्द तथा लय संकलनमा जान समय चाहिँदैन’, गीत लेख्न पनि त्यस्तै हो’ उनले सुनाए ‘जति बेला फुर्छ, त्यति बेला गीत लेख्छु म ।’
गायनमा त्यसै सफल भइदैन । यसका लागि रियाज पनि त्यतिकै आबश्यक छ । त्यो उनले बुझेका छन् । त्यसैले होला उनी बिहान बेलुका दैनिक एक घन्टा रियाजमा बिताउँछन् । १० औं इमेज टुबोर्ग एवार्ड २०६५ उनको गति संगीतको पहिलो सम्मान हो । त्यसपछि गायनका कारणले थुप्रै पुरस्कार र अवार्ड समेत हात परेका छन् उनले ।
अवार्डले गायनमा लाग्न थप उर्जा दियो’ उनले भन्ने शब्द हुन् । उनका गीतमा गाउँबेसीका, मेलापातका कुरा मात्र होइन, माया पिरतीका कुरा पनि अटाउने गरेका छन् । एल्बम ‘लैलैमा कान्छी’ यस्तै गीतले भरिएको थियो । एल्बमले पनि राम्रै चर्चा पायो ।

dsc_0233-1
पूर्वेली भाकाको मारुनी गीत समेटेर उनले यानीमाया २०६७ ल्याएका हुन् । यो गीतका कारणले उनले १२औं इमेज टुर्बोग अर्वाड सर्बोत्कृष्ट गीत अवार्ड उचाल्न सफल भए । २०६८ मा आएको ‘ढाकाटोपी शिरैमा’ले पनि उनलाई १३औं इमेज अवार्ड दिलायो । २०७० सालमा धनकुटा भोजपुर एल्बम बजारमा ल्याएका उनले यो एल्बमको शीर्ष भाकाको गीतबाट १५औं इमेज अवार्ड थापे ।
ठेट लोकभाकाका गीत बनाउने उनका गीतले श्रोतालाई छुन्छ । श्रोतालाई छुने गीत गाउने कमै गायक छन् देशमा । लोक गीत बाहेक देउसी गीत पनि गाउने गरेका छन् उनले । उनका सवै लोक गीतको भिडियो पनि बनेका छन्, जसमा नेपाली पन झल्कने पोसाकमा उनी देखिन्छन् ।
दुई नाउँमा खुट्टा राख्ने कमै ब्यक्ति सफल भएका छन् । तर उनी फरकदेखिएका छन् । न्यौपाने सक्षम पर्यटन व्यवसायी पनि हुन् । यो व्यवसायमा उनले ३० वर्ष बिताइ सकेका छन् । पर्यटन र संगीत क्षेत्र दुवैलाई माया गर्ने र सँगसँगै लैजाने उनी बताउँछन् ।
लोक गीतका एल्बम निकाल्न म्युजिक कम्पनी आवश्यक हुन्छ । सुरुमा एल्बम निकाल्न दुःख पाएका उनले २०६७ सालमा आफ्नै कम्पनी हिमाली क्रियसन खोले । त्यही मार्फत एल्बम निकालीरहे्का छन् । आगामी दिनमा पनि एल्बम ल्याउने उनको योजना छ । उनको नयाँ एल्बम चाँडै बजारमा आउँदैछ । जसमा एउटा विवाहको गीत दुइटा पूर्वेली भाकाका लोक गीत र एउटा दुखान्त लोक आधुनिक रहन्छ ।

Give Your Opinion On "पुर्वेली लोक गीत संगीतमै रमाएका गणेश"