हंङकंङमा मुनामदन

munamadanकाठमाडौं, ७ पुस – महाकवी लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक मुनामदन हंङकंङमा प्रस्तुत गरिने भएको छ । सांस्कृतिक संस्थानले यहि पुस १० र १२ गते तद्नुसार २०१६ डिसेम्बर २५ र २७ तारिखका दिन हङकङमा यो नाटक प्रस्तुत गर्न लागेको हो ।
कोकिल गुरुङको निर्देशनमा संस्थानले २०३२÷३३ सालतिर तयार पारेको यो नाटक तत्कालिन समयमा सवैभन्दा धेरै पटक मञ्चन भएको थियो । नाटक पहिलो पटक हङकङमा प्रदर्शन हुन लागेको संस्थानले बिज्ञाप्ती मार्फत जनाएको छ ।
नाटकमा स्वरसम्राट नारायण गोपाल, तारादेवी, कमला श्रेष्ठ, माणिकरत्न तुलाधर, नविनकिशोर राई, गणेश रसिक, कमल क्षेत्री, ईन्द्र नारायण श्रेष्ठ तथा भुवन चन्द लगायतको स्वर रहेको छ भने रेकर्डिङ श्याम तामाङले संस्थानमै लाइभ रेकर्ड गरेका थिए । नाटकमा संगीत वरिष्ठ संगीतकार नेपाल कलाभुषण चन्द्रराज शर्माको रहेको छ ।
हंङकंङ मञ्चनका लागि कलाकार टोलीको नेतृत्व संस्थानका संचालक समितिका अध्यक्ष उद्योग राईले गरिरहेका छन् भने नाटकको व्यवस्थापन, संयोजन तथा निर्देशन प्रभाकरदेव शर्माले गरेका छन् ।
नाटकमा शारदादेवी सिलवाल, रमेश के.सी., मनोज जोशी, अञ्जु रञ्जीतकार, सीता कार्की, केशवराज राई, माया थापा, सवनम सिलवाल, श्रीहरी फुँयाल र रेशम बहादुर पुन लगायतको अभिनय रहनेछ ।
नाटकको व्यवस्थापनका निम्ती निर्देशक प्रभाकरदेव शर्मा ७ गते कलाकारहरु ९ गते प्रस्थान गर्नेछन् । हङकङमा मुनामदनका साथमा ११ गते हङकङ गुरुङ समाजद्धारा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा समेत मौलिक लोक संस्कृतीमा आधारीत कार्यक्रम प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको आयोजना हङकङ एकिकृत नेपाली समाज लिमिटेडले गर्न लागेको हो ।
नाटकको प्रदर्शनले नेपाली कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र विकासमा ठोस योगदान पुग्ने विश्वास सांस्कृतिक संस्थानले लिएको छ ।

Give Your Opinion On "हंङकंङमा मुनामदन"