थिएटर मलमा ‘बेड नं. ९९’

Bed_No_99_Theatre_Mall_Bikash_Shyam (1)काठमाडौं – सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘बेड नं. ९९’ अन्तिम सातामा मञ्चन भइरहेको छ । महेशविक्रम शाहको कथामा आधारित यो नाटक माघ ७ गतेदेखि नियमित मञ्चन थालिएको हो ।
नाटक घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन् । मदन पुरस्कार प्राप्त कथाकार शाहको सिपाहीकी स्वास्नी कथासंग्रहमा संग्रहित कथालाई निर्देशक श्रेष्ठले नाटकको परिकल्पना गरेका हुन् ।
नाटकमा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी महर्जन, श्रीनेहा पोखरेल, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला डंगोल लगायतले अभिनय गरेका छन् ।

राजेन्द्रको प्रकाश परिचालन, अमुल श्रेष्ठको संगीत परिचालन, निर्देशक श्रेष्ठकै मञ्च तथा प्रकाश परिकल्पना नाटकको विशेष पाटो हो ।– नाटक माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः३० बजे अतिरक्ति शो पनि हुने नाटकघरले जनाएको छ । ‘बेड नं ९९’ एउटा मानसिक अस्पतालको कथा हो जहाँ शंका, भ्रम र आत्मसम्मान तथा हिनातावोधको चिरफार गरिन्छ ।
९९ भन्दा पहिले भर्ना भएका बेड नं ९८ को मानसिक दशालाई नाटकले विस्तार गर्छ र संगै क्याविनमा रहेका दुई विरामीको वार्तालापबाट सुरु हुने नाटकले अन्त्यमा ९८ को उपचारमा सफलता हात पार्छ र ९९ को वास्तविक परिचयले दर्शकहरुलाई चकित तुल्याउँछ । पात्रहरुको मानसिक अवस्था तथा मनोभावलाई कोरसको र संगीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।

ती दृश्यमा संयोजन गरिएको प्रकाशले मञ्चलाई अलौकिक र कलात्मक बनाउन सघाएको छ । प्रकाश परिकल्पनाले दर्शकलाई मन छुन्छ नै अनि पात्रकै मनोदशामा पु¥याउछ नै ।
पात्रहरुको मनोवैज्ञानिक चिरफार गरिएको नाटक दर्शकहरुले मन पराएको निर्देशक श्रेष्ठले बताए ।

Give Your Opinion On "थिएटर मलमा ‘बेड नं. ९९’"