परिणितीले ऋतिकसँग रोमान्स गर्ने

parineeti-chopra-_647_020916075324मुम्बई / एजेन्सी– विकास बहलको नयाँ फिल्ममा परिणिती चोपडाले ऋतिक रोशनसँग अनस्क्रिन रोमान्स गर्ने भएकी छन् । परिणिति क्षमतावान् नायिका भएको टिप्पणी गर्ने निर्देशक बहलले यो चलचित्र आनन्द कुमारको जीवनीमा आधारित हुने बताए ।

फिल्मको नाम ‘सुपर ३०’ राखिने भए पनि अहिलेसम्म पक्का भइसकेको छैन । आनन्द सुपर ३० का संस्थापक हुन् भने उनी पटनाका गरिब एवं जेहेन्दार विद्यार्थीलाई आईटीसम्बन्धी शिक्षा दिन्छन् ।

पछिल्लो समय परिणितीले फिल्ममा अभिनय गरेर जस पाउन सकेकी छैनन् । यो वर्ष उनको मुख्य भुमिका रहेको ‘मेरी प्यारी बिन्दु’ रिलिज भएको थियो । उक्त फिल्मको व्यापारिक नतिजा खराब भए पनि परिणितीको अभिनयको राम्रै तारिफ भएको थियो । अजय देवगणसँग गोलमान रिटन्र्समा काम गरेकी परिणिती उक्त फिल्मप्रति भने आशावादी छिन् ।

 

Give Your Opinion On "परिणितीले ऋतिकसँग रोमान्स गर्ने"