अन्तराष्ट्रिय पहिचान बनाउँदै अभिनेता सन्दीप

20374801_1556031474470627_8653855429375652680_nकाठमाडौं – सन्दीप पोखरेल सन् २०१५का मिष्टर नेपाल बिजेता हुन् । तीस बढि प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका उनको करियरको ढोका यसै प्रतियोगीताले खोल्यो ।
प्रतियोगीताको शिर्ष बिजेता भएकै कारणले उनले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१६’ नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाए । नेपालका बिभिन्न कलासंस्कृति सहित प्रतियोगीतामा सहभागी उनले सो स्पर्धाबाट ‘म्यान अफ द इयर मोष्ट्रि र मेसोलोजी पिपुल्स च्वाइस अवार्ड’ पनि नेपाल भित्र्याउन सफल भए ।
२०१५ बाटै नाटक अभिनयमा होमिएका उनी सेक्सपियरको पुरानो नाटक ‘हेमलेट’ पफमेन्सको लागि लन्डनमा आयोजित एक फेष्टिवलमा समेत सहभागी भए ।
एक दर्जन बढि फेसन सोमा सो टपरको रुपमा सहभागी उनी अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता आयोजना गर्ने संस्था एभेटर इन्टरनेसनलको सिइयो समेत हुन् ।

19510557_1527490093991432_8477558328685701572_n
दर्जनौ सौदर्य प्रतियोगीताको निर्णायक रहेको अनुभव भएका उनले ‘कमाण्र्य’ चलचित्रमा मुख्य नायकको भुमिका समेत निर्बाह गरेका थिए । अहिले डबिङ भइरहेको चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’मा पनि उनी मुख्य अभिनेताको भुमिकामा छन् । ५ अन्तराष्ट्रिय सौदर्य प्रतियोगीताका नेपाल निर्देशक उनी अभिनयबाट देश बिदेशमा चिनिन चाहन्छन् ।

Give Your Opinion On "अन्तराष्ट्रिय पहिचान बनाउँदै अभिनेता सन्दीप"