नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटस्भिल्ला’को स्पर्धामा

isha khadka chaudhari in spilletvilla-10 (2)काठमाडौं – भारतिय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको मनोरञ्जन र शाहसिक प्रतियोगिता (रियालिटी शो) ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट हजारौ सहभागी अडिसनमा उनी उत्कृष्ट १५ भित्र परेकी हुन् । स्प्लिटस्भिल्लाको सृँखलामा नेपालबाट छनौटमा परेकी इशा पहिलो हुन् ।

अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफु पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी दिइन् ।
केही साता देखि हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा प्रशारण हुने यो प्रतियोगितामा भारतका चर्चित मोडल, गायक तथा सेलिब्रेटीहरु सहभागी हुन् ।
ललितपुरको भैंसेपटी निवासी इशा नेपाली मोडल हुन् । नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी छन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी थिईन् ।

Give Your Opinion On "नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटस्भिल्ला’को स्पर्धामा"