अष्ट्रेलियामा दुई युवतीसँग करणको रोमान्स

kकाठमाडौं – पछिल्लो समय हाँस्यश्रृखला ‘डिठ्ठा साब’मा प्रहरीको भुमिका निर्बाह गरेर चर्चा कमाएका कलाकार करण श्रेष्ठ क्रेजीले अष्ट्रेलिया पुगेर दुई युवतीसँग रोमान्स गरेका छन् ।
उनले गायिका निशा देशारको स्वर रहेको ‘मनभरि तानाबाना’ बोलको गीतमा दुई युवतीसँग रोमान्स गरेका हुन् । करिब डेढ महिना अघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन उता पुगेका करण केही म्युजिक भिडियो समेत खेल्न सफल भएका छन् ।
भिडियोमा अष्ट्रेलियामै बसोबास गर्ने नेपाली रमिला अधिकारीले उनलाई मोडलिङमा साथ दिएकी छन् । मनोज अधिकारीले निर्देशन गरेको भिडियो अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा खिचिएको छ । गीतमा गैरे सुरेशको संगीत र प्रदिप चापागाईको शब्द छ ।
भिडियो मात्र होइन कान्तिपुर टेलिभिजनको ‘डिठ्ठा साब’को पनि करणले अष्ट्रेलियामा सुटिङ गरिरहेका छन् । अष्ट्रेलिया निवासी नेपालीहरुले समेत श्रृखलामा काम गरिरहेको करणले बताए । ‘जवाफ’बाट चलचित्र अभिनयमा होमिएका कारण नेपाली चलचित्र क्षेत्रका नायक ,निर्माता र बितरक समेत हुन् ।

Give Your Opinion On "अष्ट्रेलियामा दुई युवतीसँग करणको रोमान्स"