चर्चित गायक पोखरेल सम्मानित


काठमाडौं –गायक सिताराम पोखरेल सम्मानित भएका छन् । सम्बाद क्लब नेपालले उनलाई सम्मान गरेको हो ।
राजधानीमा आयोजित राष्ट्र निर्माण र पर्यटन बिकासमा नागरिक तथा संचार क्षेत्रको भूमिका बिषयक बृहत अन्तरकृया कार्यक्रममा सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले उनलाई सम्मान गरे ।
गायक पोखरेलको समाजसेवा र गायनमा रहेको क्रियासिलताको कदर गर्दै सममान गरिएको हो । सदाबहार गीत ‘आँखाको नानि हौ तिमि’ लगायत दर्जन बढी गीतका गायक पोखरेल २०४४ देखि निरन्तर सांगीतिक फाटमा सक्रिय छन् ।
सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि तराइका फाट अनि पूर्व देखि पश्चिम सम्म देशका सबै भूभाग बाट राष्ट्रिय सम्मान आफ्नो हातमा परेका पोखरेल यूरोप, अमेरिका, सिंगापुर, दुबई, मलेसिया लगायत देशमा समेत सांगीतिक क्षमता प्रदर्शन गर्न सफल छन् ।
दर्जनौ पुरस्कार र सम्मान समेत प्राप्त गरेका गायक पोखरेलाई हाम्रो तर्फबाट पनि बदाई ।

Give Your Opinion On "चर्चित गायक पोखरेल सम्मानित"