यस्तो छ छक्का पन्जा २ को ट्रेलर

काठमाडौं । दीपाश्री निरौला निर्देशित ११ असोज प्रदर्शनमा आउँने वर्षकै प्रतिक्षि चलचित्र छक्का पन्जा २ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीले दिएको राम्रो समय अनुसार ट्रेलरमा युट्युबबाट सार्वजनिक गरेको हो ।

नाइनलको साडी र झ्याम्म झ्याम्म बोलको गीत सार्वजनिक पछि धेरै चर्चामा रहन सफल यो चलचित्रको ट्रेलरमा हाँस्यकलाकार दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देखिएका छन् ।

ट्रेलरमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत लगायत देखिएका छन् । चलचित्रमा पनि यी नै कलाकारको मुख्य भूमिका रहेको छ । पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले तयार पारेको चलचित्र दीपक दीपाको प्रस्तुतीमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

निर्देशक बिकाश आचार्य कार्यकारी निर्माता रहेको चलचित्रमा स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालको समेत अभिनय समेटिएको छ ।

Give Your Opinion On "यस्तो छ छक्का पन्जा २ को ट्रेलर"