ऋषि धमलाकी पत्नी ‘अनुराग’की हिरोइन

काठमाडौं – चलचित्र ‘अनुराग’ निर्माण घोषणा गरिएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्र घोषणा गरिएको हो । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण र अभनय रहने चलचित्र सत्यराज चौलागाइले निर्देशन गर्न लागेका हुन् ।

चलचित्रमा मोडल दीपक घिमिरेले एलिजाको अपोजिट भुमिकामा देखिदै छन् ।
एलिजा र दीपको अलवा सरोज खनाल, रुपा राना, निर्मल शर्माको पनि अभिनय रहने चलचित्रमा रामकुमार केसीको छायांकन, सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ ।

प्रेम प्राप्त गर्नका लागि गरिएको संघर्ष, खुशी, प्रेममा विछोडको कथालाइ उठान गर्न लागेको चलचित्र एरिका फिल्मस्ले निर्माण गर्न लागेको हो । यो चलचित्रको छायांकन पोखरा, काठमाठौं र इलाममा हुनेछ भने करिब १ करोड बजेट यसमा लाग्ने कार्यक्रममा जानकारी दिइयो ।

– चलचित्र निर्माण र अभिनय स्वख भएको कारण निर्माणमा आएको एलिजाले बताइन् ।

Give Your Opinion On "ऋषि धमलाकी पत्नी ‘अनुराग’की हिरोइन"