पोष्टरमा यस्तो देखियो ऐश्वर्य 

काठमाडौं – पछिल्लो समय चलचित्र ‘ऐश्वर्य’को गीत ‘तिमि रोएको पल’ले सांगेतिक बजार तताइरहेको छ । गीतका कारणले चलचित्रको चर्चा भइरहदा निर्माण युनिटले टिजर र पोष्टर पनि सार्वजनिक गरेको छ ।

चलचित्र युनिटले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिन टिजर र पोष्टर एकसाथ सार्वजनिक गरेको हो । पोष्टरमा चलचित्रको थिम प्रस्ट्याउन खोजिएको छ ।

चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचत्रिमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । ९ कार्तिक चलचित्रले रिलिज मिति तोकेको छ ।

 

– चलचित्रको सार्वजनिक गीत र ट्रेलरले आफुहरुलाई उत्साहित बनाएको निर्माता समेत रहेका रमेशले बताए । 

 

 

Give Your Opinion On "पोष्टरमा यस्तो देखियो ऐश्वर्य "