अप्रिल फूलको दोस्रो भागमा भुतसँग रोमान्स

काठमाडौं । हाँस्य श्रृखला अप्रिल फूल को भाग २ सार्वजनिक भएको छ । दोस्रो भागमा भुतसँग रोमान्स गर्दै दर्सने देखिएका छन् । शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, जीवन महतराज, जेनी राणा, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहेको हाँस्य सिरियलले समसामयिक हाँस्य ब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको छ ।

सुरेश थापाको लेखन निर्देशन रहेको टेलिचत्रले पछिल्लो समय चर्चा बटुल्न थालेको छ । सिरियलका ल्याङ्डी दादा, दर्शने लगायतका कलाकारहरुले निकै नै मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

एम्स टिभी नेपाल र युथ क्रिएशन को प्रस्तुती रहेको यस शृखलामा रुढीवादी परम्परा र त्यसप्रति रहेको अन्धविश्वास लार्इ प्रस्ट्याउन खोजिएको छ ।

Give Your Opinion On "अप्रिल फूलको दोस्रो भागमा भुतसँग रोमान्स"