‘रानी’ बनेकी मलिनाको मनिषसँग रोमान्स


काठमाडौं – २ कात्तिकबाट प्रदर्शनमा आउँने चलचित्र ‘रानी’को ‘भन भन’ बोलको रोमान्टीक गीत सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा विजय घिमिरेको शब्द तथा संगीत रहेको छ । स्वर संगीतकार घिमिरे र निकिता थापाले दिएका छन् । दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’मा मलिना जोशी शिर्ष भूमिका रहेकी छन्, भने अनुपविक्रम शाही, नव नायकहरु सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठको समेत चलचित्रमा मुख्य भुमिका रहेको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘रानी’का प्रस्तुतकर्ता भानु हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको, सिसन बाँनिया र मानकृष्ण महर्जनले छायाँकन रहेको छ । विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन रहेको चलचित्र बिमल मान गुभाजुले निर्माण गरेका हुन् ।

Give Your Opinion On "‘रानी’ बनेकी मलिनाको मनिषसँग रोमान्स"