जेम्ससँग ‘पटुकी’ कस्दै रजनी

काठमाडौं – पछिल्लो समयकी ब्यस्त अभिनेत्रीमा पर्दछिन् रजनी केसी । भलै केही समययता उनको कुनै चलचित्र प्रदर्शनमा नआएको छैन । तर अभिनयका हिसावले भने उनलाई भ्याइ नभ्याइ छ ।
भर्खर राजु अधिकारीको ‘उल्झन’ अभिनय गरेकी रजनीको अभिनय अर्काे चलचित्र ‘पटुकी’मा पनि रहने भएको छ । राम नेपालको निर्देशन रहने चलचित्र ‘पटुकी’मा उनी दमदार भुमिकामा देखिन लागेकी हुन् ।
चलचित्रमा उनी जेम्स बिसीका साथ देखिन लागेकी हुन् । नेपाली कलासंस्कृती समेट्दै नारीसम्बेदनामा आधारीत रहेर बन्न लागेको चलचित्र ‘पटुकी’को हाल प्रि प्रोडक्सन कार्य भइरहेको छ ।

 

Give Your Opinion On "जेम्ससँग ‘पटुकी’ कस्दै रजनी"