लालबाबुको रोचक जीवन अब पुस्तकमा

laalbabu cover final

काठमाडौं – सामान्य प्रसासन मन्त्री हुँदा गरेको काम र कारबाहिका कारणले चर्चाको चुलिमा पुगेका पुर्व मन्त्री लालबाबु पण्डितको जीवन पुस्तकमा समेटिने भएको छ ।
पब्लिकेशन नेपालयले उनको जीवन पुस्तकमा समेट्न लागेको हो ।

नेपालयले पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका पण्डीतको रोचक राजनीतिज्ञको जीवनी पुस्तक तराइवासीको महान पर्व छठको अवसर पारेर पाठकहरु माँझ ल्याउने घोषणा गरेको हो ।

केहि अघि मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला मन्त्री बनेका उनले ब्यापक भ्रष्टाचार अनि बेथिति नियन्त्रणमा कुर्लिने अदम्य साहस देखाएको थिए ।
काम गर्न आँट्ने हो भने एउटा मन्त्रीले कतिसम्म अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण बनेका लालबाबु पण्डितको जीवनी पाठकका लागि प्ररणदायक बन्न सक्छ भन्ने हेतुले तयार पार्न लागेको नेपालयले जनाएको छ ।
राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गर्ने लालबाबुका रोचक भोगाइहरु आत्मकथाको रुपमा समेत मिट्ने छ ।
‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ ।’
‘संहदरबार बदल्ने सङ्घर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिना िभत्र पब्लिकेशन नेपालयले आम पाठक सामू पु¥याउने तयारी गरेको छ ।

Give Your Opinion On "लालबाबुको रोचक जीवन अब पुस्तकमा"