३२ जिल्लाका दर्शकले नाटक हेर्दै सिके मतदान कला

काठमाडौं ।    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्व एवं आरोहण गुरुकुलको सहकार्यमा बिहिबार पनि टोलीले नाटक देखाए ।

१० मंसिरमा देशका ३२ ओटा जिल्लामा हुन लागेको पहिलो चरणको निर्वाचनका लागि मतदान शिक्षा प्रदान गर्न गाउँ गाउँ पुगेका २० नाट्य टोलीले बिहिबार पहिलो चरणको नाटक मञ्चन सम्पन्न गरेका छन् । २७ कात्तिकबाट नाटक मञ्चनका लागि उनीहरु विभिन्न ठाउँ पुगेका थिए ।

संखुवासभा, भोजपुर पछि सर्लाही पुगेको आरोहण गुरुकुल बिराट नगरले बिहिबार सर्लाहीका चार स्थानमा नाटक महादान मञ्चन गरेको छ । टोलीका प्रमुख दिपेश भण्डारीका अनुसार लालबन्दी नगरपालिकाको नरेन चोक, इस्वरपुर नगारपालिकाको सखुबनी बजार, हरिपुर्बा नगरपालिकाको पुरानो बजार र संन्जनगर गाउँपालिकामा नाटक मञ्चन भएको छ ।


त्यस्तै बिहिबार नै प्रदेश ३ को सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजार, लिसंखुमाखर गाउँपालिकाको बजार र त्रिपुरा सुन्दरी गाउँपालिकाको तहुँथलीमा नाटक प्रर्दशन गरिएको आवाज आर्ट क्रियसन प्रालीका टोलीका प्रमुख कृष्णप्रसाद धितालले जानकारी दिए ।


त्यस्तै प्रदेश ४को बागलङस्थित काटेखोला गाउँपालिकाको बिउकोट, ढोरपाटन नगरपालिकाको बसपार्क, गलकोट नगरपालिकाको हतिया चोक, ताराखोला गाउँपालिकाको भातखाने ढुङ्गाचोक, बडी गाउँपालिकाको भिमगिछेमा खस, मगर र गुरुङ भाषामा नाटक महादान मञ्चन गरिएको निर्देशक डम्बर गिरीले बताए ।


प्रदेश ५को प्युठानमा पुगेको सारदाकुमार नाट्य टोलीले तीन ठाउँमा नाटक प्रदर्शन गर्यो । टोलीका प्रमुख नरेन्द्रकुमारका अनुसार गोउँमुखी गाउँपालिकाको नारीकोट, झिम्रुक गाउँपालिकाको ओखरकोट र नौबहिनी गाउँपालिकाको बहाने बजारमा बिहिबार नाटक महादान मञ्चन गरिएको छ । यही टोलीले रोल्पाको लिवाङ गाउँपालिका स्थित लिवाङ, लुग्री गाउँपालिका स्थित बडाचौर, सुनछहारी गाउँपालिका स्थित जेलवाङ र सुवर्णवती गाउँपालिका स्थित सुलिचौरमा नाटक मञ्चन गर्दै पहिलो चारणको नाटक सकाएको छ ।

आरँग नाट्य समुहले प्रदेश ६ को जुम्ला सुर्खेत, कालिकोट र जुम्ला पछि आरँग समुहले हुम्लामा नाटक महादान मञ्चन गरेको छ । उनीहरुको टोली पौदल यात्रा गर्दै गाउँगाउँ नाटक देखाउन व्यस्त छ । हुम्लाको चन्दननाथ, उर्थु बजार, गुथिचौर, तातोपानी र तिलामा नाटक महादान मञ्चन गर्दै पहिलो चरणका मञ्चन सम्पन्न गरेको आरंग समुहका निर्देशक गणेश गौतमले जानकारी गराए ।

प्रदेश ७ मा पुगेको सु.प सांस्कृती मञ्चले बिहिबार शनिकात्र्तिक गाउँपालिका र गहुमुल गाउँपालिकाको कोल्टिगाउमा नाटक महादान मञ्चन गर्दै पहिलो चारणको नाटक सकाएको निर्देशक अनिल रिजालले जानकारी दिए । उनका अनुसार ३२ किलोमिटरको बाटोमा लागि महँगो भाडा तिरेर यात्रा गर्दै पनि नाटक मञ्चन गरिएको छ ।

आरँग समुहले जुम्ला, कालिकोटापछि हुम्लाको दुर्गम गाउँ तिला, गुथीचौर आदि स्थानमा नाटक गर्दा दर्शकहरुले रमिता मानेका छन् । सदरमुकामबाट मान्छेहरु आएर के रमिता गरे भन्दै जम्मा भएका दर्शकहरुले आफ्नै स्थानीय हुम्ली भाषामा नाटक महादान हेर्दा भोट हल्न बल्ल सिकियो भन्दै खुसी व्यक्त गरेका छन् ।

Give Your Opinion On "३२ जिल्लाका दर्शकले नाटक हेर्दै सिके मतदान कला"