नाटक मार्फत आइतबार पनि कलाकारले सिकाए मतदान कला


काठमाडौं । आगामी २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सम्बन्धित क्षेत्रमा दर्शकले आफ्नै भाषामा नाटक अवलोक गर्न पाएका छन् ।
मतदाता शिक्षा बाड्न २२ नाट्य टोली नाटक महादान लिएर शनिबारबाट बिभिन्न ४५ जिल्लामा खटिएका छन् । निर्वाचन शिक्षाका लागी निर्वाचन आयोजद्धारा आयोजीत सडक नाटक ‘महादान’ बिभिन्न जिल्लामा स्थानिय भाषा अनुसार मञ्चन भइरहेको छ । सांस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको यो नाटक आइतबार मञ्चन भएका छन् ।

यसै क्रममा प्रदेश १ को धनकुटास्थित भेडटार गाउँपालिकाको भेडेटार चोक, धनकुटा नगरपालिकाको मुलघाट, बसपार्क र चुलिबनमा नाटक महादान प्रदर्शन गरियो । झोरहाट नाट्य समुहले प्रदर्शन गरेको नाटक हेर्ने ५०० भन्दा बढी दर्शक रहेको समुहका प्रमुख क्षत्र काफ्लेले जानकारी दिए ।

प्रदेश २ को सप्तरीस्थित हनुमान नगरकंकालिनी नगरपालिका भारदह, कंञ्चनपुर नगरपालिकाको कञ्चनपुर बजार, सप्तकोसी नगरपलिकाको फत्येपुर, कृष्णसवरण गाउँपालिकाको महुली र रुपनि गाउँपालिकाको रुपनि बजारमा बिराटमैथील नाट्य कलापरिषदले आइतबार नाटक महादान प्रदर्शन गरेको छ । यि स्थानमा चलनचल्तीको भाषामा नाटक देखाएको नाट्य परिषदका निर्देशक रामभजन कामतले बताए ।
प्रदेश २ कै सल्लाही स्थित रामनगर गाउँपालिकाको खैरवा गाउँ, बलरा नगरपालिकाको डुमरुवा, बासबारिया गाउँपालिकाको भवानीपुर र बरहथुवा नगरपालिकामा आरोहण गुरुकुलले आइतबार नाटक महादान मञ्चन गरेको निर्देशक दीपेश भण्डारीले बताए ।

प्रदेश २ मै पर्ने बिरगञ्ज महानगरपालिकाको बालउ, बिन्दबासिनी गाउँपालिकाको बहुअर्वा र पटाहामैनपुर गाउँपालिकाको पटाहा चोकमा नाटक मञ्चन गरिएको गढीमाइ नाट्य समुहका निर्देशक रामलोचनले जानकारी दिए ।
श्रृखला नाट्य समहुले पनि आइतबार प्रदेश ३ को मकवानपुरस्थित राक्चिरान गाउँपालिकाको चैनपुर, मनहरी गााउँपालिकाको मनहरी, हेटौडा उपमहानर पालिकाको बुद्ध चोकमा नाटक महादान देखाएको छ । टोलीले यी स्थानमा स्थानिय प्रचलित भाषामा नाटक देखाएको निर्देशक आसाकाजी श्रेष्ठ बताए ।

प्रदेश ६ को बाँके र सल्यानमा पनि आइतबार नाटक महादान प्रदर्शन गरिएको छ । सल्यान दार्मा गाउँपालिकाको थारुला बजार, कुमाखमालिका गाउँपालिकाको वडा गाउँ , बागचौर नगरपालिकाको थार्मारे बजारमा नाटक प्रदर्शन भएको सारदा कुमार नाट्य समुहका निर्देशक नरेन्द्र कुमारले जानकारी दिए ।

यस्तै बाँकेको दरुवा गाउँपालिकाको कम्दी, नरैया गाउँपालिकाको मोतीपुर र राप्तीसुमारी गाउँपालिकामा नाटक प्रदर्शन गरियो । यो स्थानमा नाटक प्रदर्शन गर्ने दियालो परिवार नाट्य समुहका निर्देशक सन्तकुमार बिस्वकर्माले भने ‘यी स्थानमा स्थानिय भाषामा नाटक देखाउँदा दर्शकले निकै रोमान्चित हँुदै सुरु देखि अत्यसम्म साथ दिएका थिए ।’

 

Give Your Opinion On "नाटक मार्फत आइतबार पनि कलाकारले सिकाए मतदान कला"