मतदान बिशेष सडक नाटक ‘महादान’ अन्तिम चरणमा

काठमाडौं । २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोजद्धारा सञ्चालित मतदाता शिक्षा नाटक महादान मञ्चनको अन्तिम चरणमा छ । सांस्कृतिक संस्थानले आरोहण गुरुकुलसँगको सहकार्यक्रमा देशको ४५ जिल्लामा खटाएका २२ नाट्य टोली आइतबार सम्म ३० जिल्लाका सबै जसो स्थानिय निकायमा महादान देखाउन सफल देखिएका छन् । स्थानिय भाषा र कलाकार प्रयोग गरेर मञ्चन हुँदै आएको नाटक मार्फत आफुहरुले दर्शकलाई मनोरन्जन र शिक्षा एकसाथ दिन सफल रहेको नाटकमा क्रियासिल कलाकारहरुको दाबी रहेको छ ।

त्यस्तैक्रममा देशभर बिभिन्न भाषामा प्रदर्शनमा ल्याइएको सडक नाटक महादान आइतबार पनि दोस्रो चरणको निर्वाचन हुने केहि जिल्लाहरुमा मञ्चन गरिएको छ । यसैक्रममा प्रदेश १ को सुनसरी जिल्लाको गाढिगाउँपालिकाको औराबनी, बर्जु गाउँपालिकाको गमाही बेलुवा, देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज बजार र हरिनगर गाउँपालिकाको हाटबजार चोकमा आरोहण गुरुकुल समुहले नाटक महादान देखाएको छ । यस्तै प्रदेश २ को धनुषा जिल्लाको जनकपुर नगरपालिका ४ स्थित जानकी मन्दिरमा लोकसंचार नाट्य समुहले नाटक देखाएको छ । यो समुहले आजबाट नाटक मञ्चन सकाएको जानकारी निर्देशक प्रियंका झाले दिएकी छिन् ।

प्रदेश ३ को सिन्धुलीस्थित तीन पाटन गाउँपालिकाको बेलघारी, सुनकोसी गाउँपालिकाको रामकोट, कमलामाही गाउँपालिकाको भद्रकाली र दुधौली नगरपालिकाको बजारमा नाटक महादान देखाएको सुमेरु कलासमुहका निर्देशक सुरबीले जनकारी दिइन् ।

यस्तै प्रदेश ४ को तनहुँ, स्याङ्जा र पर्वतमा पनि आइतबार मतदाता शिक्षा नाटक महादान मञ्चन भएको छ । भिक्टोरीया नाट्य समुहले तनहुको भानु नगरपालिकाको नारेस्वर टार, आबुखैरेनी गाउँपालिकाको आबुखैरेनी चोक र देवघाट गाउँपालिकाको फिरफिरे भन्ज्याङमा नाटक मञ्चन गर्दा हाम्रो मझेरी समुहले स्याङ्जा स्थित हरिनाथ गाउँपालिकाको पीपल भन्ज्याङ्मा नाटक प्रदर्शन गर्दै आफ्नो टोलीको सम्पुर्ण ठाउको नाटक सकिएको निर्देशक चन्द्र पाण्डेले बताए । यस्तै पर्वत पुगेको सिड नेपाल समुहले आइतबार यहि जिल्लाको मोदी गाउँपालिकाको दिमुवा चोकमा नाटक महादान देखाएको टोलीका प्रमुख डम्बर गिरीले जानकारी दिए ।

यस्तै प्रदेश ५ को गुल्मी र पाल्पामा पनि नाटक महादान आइतबार मञ्चन भए । सप्तक कला परिषद्ले गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाको बस्तु, मधारे गाउँपालिकाको पुर्काेटदह, मालिका गाउँपालिकाको वडा कार्यालय चोक र इस्मा गाउँपालिकाको गुल्ममा नाटक देखायो । यसैगरि आकाश थापाले नेतृत्व गरेको साँस्कृतिक संस्थानको टोलीले गुल्मीको सत्यवती गाउँपालिकाको खैरेनी, चन्द्रकोट गाउँपालिकाको मझुवा र कालीगण्डकी गाउँपालिकाको बजारमा नाटक महादान देखाइएको छ ।

साँस्कृतिक संस्थानको अर्काे टोलीले पाल्पा जिल्लाको तानसेन नगरपालिकाको बसपार्क, बगनासकाली गाउँपालिकाको आर्यभन्ज्याङ, माथागढी गाउँपालिकाको चिडीपानी, रम्बादेबी गाउँपालिकको ताहुबजार र पुर्व खोला गाउँपालिकाको बिर्ता बजारमा नाटक देखाएको टोली ब्यवस्थापक पवित्रा पंगेनीले बताइन् ।
यस्तै प्रदेश ६ मा पर्ने सुर्खेत जिल्लाको सिम्तागाउपालिकाको दाकम बजार, गुर्वाकोट नगरपालिकाको बोटे चौर, भेरिगंगा नगपालिकाको छिन्चु बजार र लेखबेसी नगरपालिकाको साराखानीमा आरंग नाट्य समुहले महादान मञ्चन ग¥यो ।

यस्तै प्रदेश ७ को कैलाली जिल्लाको कैलारी गाउँपालिकाको मोहनी बजार, मोहनियाल गाउँपालिकाको कुइने बजार र जानकी गाउँपालिकाको दुर्गौली बजारमा आइतबार नाटक महादन मञ्चन गर्दा दर्शकको उत्साहजनक भिड रहेको लोटस युवा क्लबका ज्ञानेन्द्र गिरीले बताए ।

Give Your Opinion On "मतदान बिशेष सडक नाटक ‘महादान’ अन्तिम चरणमा"