आना र रसी मिसेस एन्ड मिस टिन टुरिजम

काठमाडौं /पर्यटन र सौन्दर्यलाई संयोजन गर्न राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकसाथ सम्पन्न दुई कार्यक्रममध्ये मिसेस नेपाल टुरिजम–२०१८ को उपाधि नयाँ बानेश्वरकी आना आचार्यले र मिस टिन टुरिजम–२०१८ को उपाधि विशालनगरकी रसी सुवेदीले हासिल गरे ।

स्टार वान इन्टरटेनमेन्ट प्रालिले सोमबार साँझ आयोजना गरेको सो प्रतियोगितामा मिसेस नेपाल टुरिजमतर्फ फस्ट रनरअपको उपाधि सन्तु श्रेष्ठले, सेकेन्ड रनरअपको उपाधि कुसुन्तीकी अनिका दाहालले पाए । थर्ड रनरअप राधिका सापकोटा घोषित भइन् ।

यस्तै, मिस टिन टुरिजमतर्फ फस्ट रनरअप सम्बिदा ओझा, सेकेन्ड रनरअप रमीना विष्ट, थर्ड रनरअप प्रशंसा पौडेल घोषित भए । सो प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।

 

Give Your Opinion On "आना र रसी मिसेस एन्ड मिस टिन टुरिजम"