प्रियँकासँगको जोडीबाट प्रदीप सन्तुष्ट

काठमाडौं । चलचित्र ठुलो मान्छेबाट अभिनय करिअर सुरु गरेको अभिनेता प्रदीप खड्का पहिलो पटक अभिनेत्रीको कामबाट सन्तुष्ट छन् । आधा दर्जन चलचित्रमा काम गर्दाको दौरानमा अभिनेत्री प्रियँका कार्कीसँगको जोडीबाट आफु सन्तुष्ट रहेको यी अभिनेताले बताएका छन् ।

सोमबार राजधानीमा चलचित्र ‘लिली बिली’को गीत ‘इट इज लभ…’को भिडियो सार्वजनिक समारोहमा अभिनेता प्रदीपले भने,‘मैले कहिल्यै पनि फिल्ममा यो नायिका राख्न पर्छ भनेर निर्मातासँग डिमान्ड गरिन् । यस अघि कस्ता नायिकासँग काम गरेँ भनेर सायद तपाईहरुलाई भन्नु नपर्ला ।’

अभिनेत्री प्रियँका कार्कीसँग काम गर्दाको अनुभव सुनाउँदै यी अभिनेताले भने,‘म स्कुल पढ्दा मिस टिन हुनु भएकी प्रियँका कार्कीसँग यतीबेला जोडी भएर काम गर्न पाउँदा मलाई साह्रै खुसी लागेको छ ।’ आफुले अहिलेसम्म जोडीको रुपमा काम गरेका अभिनेत्री मध्यबाट सबै भन्दा बढी सन्तुष्ट प्रियँकाको कामबाट भएको पनि अभिनेता प्रदीपले जिकिर गरे ।

अभिनेत्री प्रियँकाले पनि प्रदीपको कामबारे खुलेर प्रसँसा गर्दै भनिन्,‘यो फिल्ममा हाम्रो केमेस्ट्रि साँच्चै राम्रो बनेको छ । यहाँहरुले लिली बिली हेरेपछि हाम्रो जोडी मिलेको पक्कै पाउनु हुनेछ ।’

सोमबार रिलिज गरिएको लिली बिलीको गीतको भिडियो दर्शकले प्रदीपसँग प्रियँका नभएर जसिता गुरुङलाई जोडीको रुपमा देख्नु हुनेछ । एलिस कार्कीको सँगीतसँगै प्रताप दाश र मेलिना राईको स्वरमा तयार भएको यो गीतलाई सुदिप बरालले स्कटल्याण्डको सुन्दर दृष्यमा निकै आकर्षक रुपमा उतारेका छन् ।
प्रदीप, प्रियँका, जसितासँगै अनुपबिक्रम शाही, सविन श्रेष्ठ, धु्रबदत्त सहितको अभिनय रहेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । गोबिन्द शाही र सुदिप खड्काले निर्माण गरेको यो चलचित्रलाई १४ बैशाखमा रिलिज गरिने निर्माता शाहीले जानकारी गराए ।

Give Your Opinion On "प्रियँकासँगको जोडीबाट प्रदीप सन्तुष्ट"