मनै कुडाँउने गीत ‘लाएको माया’

काठमाडौं –सत्य घटनामा आधारित मनै कुडाँउने गीत ‘लाएको माया’ सार्वजनिक भएको छ । गीतमा दाजुभाई र भाउजुको कहानीलाई देखाईएको छ ।

एउटा समाजको यथार्थ चित्रण सहित निर्माण भएको भिडियो एकदमै मन छुने किसिमको छ । हिन्दी चलचित्रमा समेत स्वर दिएका गायक हिमाल श्रेष्ठको स्वरमा रहेको यो गीतमा नव क्रान्ति ब्याण्डका मनिष गदारको शब्द तथा संगीत छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो ।

‘रङ टाईम’ वेबसिरिजबाट चर्चामा आएका कलाकार सहिन प्रजापति, अनुस्का अधिकारी र प्रतिक अधिकारी भिडियोमा अभिनय छ । दाई बिदेश गएपछि भाउजुसँग अनैतिक सम्बन्ध बनाएर गर्भ रहेको बिषय भिडियोले कथा बनाएको छ ।

पोखराको रमणीय स्थानमा विदुर पाण्डेले छायांकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । महादीप श्रेष्ठको निर्माणमा तयार भएको गीतको भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका छन् ।

Give Your Opinion On "मनै कुडाँउने गीत ‘लाएको माया’"