यस्ताे छ ‘ओ बेबी’ बोलको गीतको भिडियो

  • निर्देशकहरुले २ घन्टा लामो चलचित्रमा मात्र होइन, ५ मिनेट लामो म्यूजिक भिडियोमा पनि नयाँपन खोज्छन् । यसैले, नयाँपन खोजिएका भिडियोहरु चर्चामा पनि रहन्छन् ।

भिडियो सम्पादनमा चर्चामा रहेका नीशान घिमिरे कहिलेकाही म्यूजिक भिडियो निर्देशन पनि गर्छन् । उनले, निर्देशन गरेका भिडियोहरुले तारिफ पनि बटुल्ने गरेका छन् ।

उनै, नीशानले ‘ओ बेबी’ बोलको गीतको भिडियो निर्देशन गरेका छन् । कुन्दन पाठकको आवाजमा समावेश रहेको यो गीतलाई प्रेम दिवस लक्षित गर्दै सार्वजनिक गरिएको छ । गीतमा, कञ्चन पाठक र मदन भण्डारीको शब्द, कञ्चन पाठककै संगीत छ ।

यो भिडियोमा दर्शकले मोडल पुष्पल खड्का र श्रृष्टीलाई प्रेमको रंगमा भिजेको देख्न सक्नुहुनेछ । पुष्पलले श्रृष्टीलाई ‘ओ बेबी’ भन्दै प्रेम साट्न खोजिरहेको भिडियोमा देखाइएको छ । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् ।

निर्देशक घिमिरेले प्रेम दिवस नजिकिदै गर्दा श्रोता तथा दर्शकले यो गीतमा प्रेमको भाषा भेट्ने बताए । उनले, प्रेम गर्ने जोडीले भिडियोमा आफूलाई पाउने समेत दाबी गरेका छन् ।

Give Your Opinion On "यस्ताे छ ‘ओ बेबी’ बोलको गीतको भिडियो"