चलचित्र ‘मंगलम्’को ट्रेलर रिलिज

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले निर्माण गरेको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मंगलम्’को ट्रेलर रिलिज छ । ट्रेलरमा चलचित्रका केही महत्वपुर्ण अंश समेटिएका छन्

नवल नेपालका निर्देशन रहेको चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह, पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतको कलाकारको अभिनय देख्न सकिन्छ । अभिनेत्री शिल्पाको यो निर्माणमा डेब्यु चलचित्र हो ।

छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रमा गोविन्द फुँयालको कथा, विष्णु कल्पितको छायाँकन तथा मित्र गुरुङको सम्पादन रहेको छ । २५ फागुनबाट चलचित्र देशभर प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको

Give Your Opinion On "चलचित्र ‘मंगलम्’को ट्रेलर रिलिज"