चलचित्र ‘जय भोले’ घोषणा

काठमाडौं –लामो समयपछि निर्माता निर्देशक अशोक शर्माले नयाँ चलचित्र घोषणा गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै उनले आफुले बनाउने नयाँ  चलचित्र ‘जय भोले’ घोषणा हुन् ।
चलचत्रिमा खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।

खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेको चलचित्र १ फागुनबाट छायाँकनमा जानेछ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य रहने चलचित्रमा एक्सन रोशन विक्रम भट्टराईको रहनेछ ।

झापा र इलाममा छायांकन हुने ‘जय भोले’ अर्को वर्षकोे दशैंको फूलपातिमा रिलिज हुनेछ । एए ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ड प्रा.लिले यो चलचित्रलाई संयूक्त रुपमा निर्माण गर्न लागेको हो । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा चलचित्रका निर्माता रहेका छन् । कार्यक्रममा खगेन्द्र, स्वस्तिमा र सलोन समेत उपस्थित रहेका थिए ।

– कार्यक्रममा निर्देशक शर्माले ‘जय भोले’को कथा बलियो रहेको सुनाए ।
– कार्यक्रममा बोल्दै खगेन्द्रले दुई केटा साथी बीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई चलचित्रले उठाएको बताए ।

Give Your Opinion On "चलचित्र ‘जय भोले’ घोषणा"