नायिका तेजुलाको पतिसँग डिभोर्स

ङकाठमाडौं . पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नायिकाहरुको डिभोर्सको घट्नाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने जगतमा पनि यस्ता थुप्रै घटनाहरु छन् । नायिका रेखा थापा र निर्देशक तथा निर्माता छविराज ओझाको सम्बन्ध बिच्छेदको खबरले पनि एक ताका निक्कै चर्चा पाएको थियो ।

भने भरखर मात्र हास्य कलाकार मनोज गजुरेल दम्पतीको डिभोर्सको चर्चा सेलाएको छैन । यस्तै आज मात्रै नायिका तेजुला खतिवडाको डिभोर्स भएको छ ।

०७३ फागुन सात गते सुमनराज बस्नेतसँग विवाह बन्धनमा बाँधिएकी तेजुलाको जिल्ला अदालत काठमाडौंबाट आज शुक्रबार आधिकारीकरुपमा डिभोर्स भएको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधिस अमृतबहादुर बस्नेतले उनिहरुको डिभोर्सको निर्णय सुनाएका थिए ।

चलचित्रमात्र नभएर मोडलिङमा समेत आफ्नो पहिचान बनाएकी तेजुलाको के कारणले डिभोर्स भयो भन्नेमा भने उनले बताउँन चाहिन्न् । जापान बस्दै आएका पेशाले कानुन व्यवसायी सुमनराजसँग तेजुलाले एक वर्ष अघि लगन गाँठो कसेकी थिइन् । उनीहरुको एकवर्ष नबिदै सम्बन्ध विछेद भएको छ ।

नायिका खतिवडाले द मोष्ट वान्टेड, जष्ट फर युलगायतका आधा दर्जन चलचित्र र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
नेपाली कलाकारको डिभोर्समा तेजुलाको नयाँ भने होइन । यस अघि रिमा र रोर्बट, रेखा थापा र छविराज ओझा, सञ्चीता लुइटेल र आकाश शाह, सुस्मिता केसी बमजन र भुवन केसी, प्रियंका कार्की र रोचक मैनाली, मनिषा कोईराला र सम्राट दहाल, प्रसन्न पौडेल र सिम्पल खनाल, मौसमी मल्ल र धन बिक्रम मल्ल, गौरी मल्ल, अन्जु पन्त र मनोज राजलगायतका वैवाहिक सम्बन्ध सफल हुन नसकेर सम्बन्ध विछेद भएका छन् ।

Give Your Opinion On "नायिका तेजुलाको पतिसँग डिभोर्स"