फिल्म ‘पञ्चेबाजा’ को नयाँ गीत रिलिज

फिल्म ‘पञ्चेबाजा’ को नयाँ गीत रिलिजष भएको छ । स्याड भर्सनको ‘म केही बोलुँ’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत छ भने राहुल विश्वासको स्वर तथा सविन एकतारेको शब्द छ ।

सार्वजनिक गीतमा सौगात, कर्मा र नायिका जस्मिन श्रेष्ठको प्रेमपीडालाई प्रस्तुत गरिएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले एक गाउँका तीन पात्रको कथा बोल्छ ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

Give Your Opinion On "फिल्म ‘पञ्चेबाजा’ को नयाँ गीत रिलिज"