कृ’का दर्शकलाई ‘शत्रु गते’को टिजर उपहार

काठमाडौं – महजोडीको समेत निर्माण रहेको चलचित्र ‘शत्रु गते’को टिजर रिलिज गरिएको छ । अनमोल केसीको चलचित्र हेर्न आउने दर्शकलाई मध्यनजर गरेर टिजर रिलिज गरिएको हो ।

‘कृ’का दर्शकलाई ‘शत्रु गते’को टिजर उपहार भन्दै यो टिजर हलबाट सार्वजनिक गरिएको हो ।
‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोल रहेको चलचित्रको गीतले राम्रो चर्चा बटुलिरहेको समयमा यसरी गरिएको टिजर रिलिजले चर्चा झन् चुलिने निर्माण युनिटको अनुमान रहेको छ ।

‘जात्रा’ मार्फत डेब्यु गरेका प्रदीप भट्टराईको निर्देशन रहेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, लगायतको अभिनय रहेको छ ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । हरिवंश आचार्यको कथार्, निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा चलचित्र छ । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माता रहेका छन् । चलचित्र ९ चैत्रमा रिलिज हुदैछ ।

 

Give Your Opinion On "कृ’का दर्शकलाई ‘शत्रु गते’को टिजर उपहार"