छबि र शिल्पाले केक काट्दै किन मनाए खुसी ?

काठमाडौं – करिब दुई दर्जन चलचित्र निर्माण गरेका निर्माता छबिराज ओझाको प्रया चलचित्र ब्यवसाहिक सफल छन् । तर चलचित्रका गीत संगीतले भने युट्युवमा राम्रो उचाही छुन सकेका थिएनन् ।
तर अहिले निर्माण गरेको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मंगलम्’को गीतले भने युट्युवमा राम्रो दर्शक पाएको छ । चलचित्रको ‘पर्ख पर्ख मायालु..’ बोलको गीतले युट्युवमा अहिले एक करोड बढी दर्शक पाएको छ ।

निर्माता छबिराज ओझाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित गीतले पाएको सफलताको खुसी सबै माझ साटेका छन् । उनले एक केट काट्दै सो खुसी बाँडेका हुन् । केक काट्दै गर्दा गायक–गायिकाले गीत गाएर सुनाए ।

दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर छ । केक काट्दै गर्दा गायक–गायिकाले गीत गाएर सुनाए । शिल्पा पोखरेल र पुष्प खड्का छमछम नाचेको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन्

कार्यक्रममा आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘मंगलम्’को बिभिन्न पक्षबारे समेत जानकारी दिइयो । गीत संगीत उत्कृष्ट भएकै कारण चलचित्र ब्यवसायमा पनि बाजी मानर्एे अनुमान निर्माण पक्षको रहेको छ ।

 

Give Your Opinion On "छबि र शिल्पाले केक काट्दै किन मनाए खुसी ?"