चलचित्र पत्रकारिता दिवसमा ७ पत्रकार र दुई कलाकार सम्मानित

काठमाडौं – १९ औं चलचित्र पत्रकारिता दिवसको अवसर पारेर सोमबार साँझ काठमाडौं र मकवानपुरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरिएको छ ।
चलचित्र पत्रकार संघ केन्द्रीय कार्यसमितीलले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अग्रज तथा नव–पत्रकार सम्मानित भए भने चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा कलाकारलाई एकसाथ सम्मान गरियो ।
सूचना तथा संचार राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजना भएको काठमाडौको कार्यक्रममा पत्रकार ध्रुव लम्साल र दयाराम पाण्डे सम्मानित भए । उनीहरुलाई सम्मान पत्र, ट्रफीले सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा पत्रकारद्धय लक्ष्मण सुवेदी र सन्ध्या थापाले ‘चलचित्र पत्रकारिता पुरस्कार २०७४’ पाए । यी दुबैलाई नगद २१ हजार, सम्मानपत्र, ट्रफीबाट सम्मान गरियो । यस्तै पत्रकार मनिष दाहाललाइ ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ दिइयो । यो पुरस्कारमा ल्यापटम, ट्रफी समेत रहेको थियो ।


कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, झरना थापा, केकी अधिकारी, रीमा विश्वकर्मा, वेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, करिश्मा श्रेष्ठ र  लगायत र अभिनेतामा रमेश उप्रेती, सलोन बस्नेत लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
चलचित्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष भरत शाक्य, पूर्व अध्यक्ष विदुर गिरी, अध्यक्ष सन्दिप सापकोटा लगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउनका आग्रह गरे ।
यस्तै नेपाली कांग्रेश मकवानपुरका सभापती एबं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बाँनियाको प्रमुख अतिथ्यमा आयोजित मकवानपुरको कार्यक्रममा ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलन र ‘चलचित्र पत्रकारीता सम्मान २०७५’बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षत्रीलाई सम्मान गर्यो । एलनलाई नगद ५ हजार र क्षत्रीलाई ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको छ ।
कार्यक्रममा चलचित्र कलाकारिता सम्मान अभिनेत्री नीता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठले पाए । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रिय र चलचित्र बिकाश बोर्डका सदश्य  नरेन्द्र महर्जन, युवा समितिका अध्यक्ष संन्तोष चौलागाई, निर्माण ब्यबसायी संघका अध्यक्ष आनन्द पराजुली, उधोग संघका अध्यक्ष नवराज अर्याल, चलचित्र निर्देशक समाजका निबर्तामान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिब कृष्ण शारु मगर, जिल्ला अध्यक्ष हरी हुमगाई लगायतको सहभागीता रहेको थियो ।

Give Your Opinion On "चलचित्र पत्रकारिता दिवसमा ७ पत्रकार र दुई कलाकार सम्मानित"