६ वर्षीया बालक आयूब चलचित्रको हिरो

काठमाडौं –‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरेका निर्माता सन्तोष सेनले नयाँ चलचित्रको तयारी थालेका छन् ।
६ वर्षीया बालक आयूब सेनलाई हिरोको रुपमा अगाडी सार्दै उनले नयाँ चलचित्रको काम थालेका हुन् । आयुव उनकै छोरा हुन् ।

बाल मनोबिज्ञानमा आधारित रहेर आफूले नयाँ चलचित्र बनाउन लागेको निर्माता सेनले बताए । ‘चलचित्रले आमा र बच्चा बिचको कथा उठाउन खोजेको छ’ निर्माता सेनले भने ‘पारिवारिक प्रेमकथा पनि यसमा बुनिनेछ ।’

चलचित्र अभिनयका लागि आयुवले काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा केही महिना देखि अभिनय प्रशिक्षण लिइरहेका छन् । केही दिन पहिले चलचित्रमा रहने गीत समेत फाइनल गरिएको निर्माता सेनले खुलाए ।

अयुवको अलवा को को कलाकार चलचित्रमा रहने र नाम के हुने भन्ने बिषयमा अहिले गोप्य राखिएको छ ।

केही कलाकार अझै छनोट हुन बाँकी रहेकोले नाम गोप्य राखिएको हो । कलाकार फाइनल गरेर कार्यक्रम सहित केही दिनमै चलचित्रको सबै पक्ष सार्वजनिक गर्ने तयारी आफुले गरिरहेको निर्माता सेनको भनाइरहेको छ ।

आयुवको अभिनय रहने चलचित्र लगतै ‘प्रेम गीत ३’को पनि तयारी  भइरहेको सेनले बताए ।

‘चंखे शंखे पंखे’बाट चलचित्र निर्माणमा देखिएका सेनले ‘प्रेमगीत’बाट अभिनयमा डेब्यु गराएका प्रदीप खड्का अहिले स्टार भएका छन् । ‘प्रेम गीत २’ पछि केही समय सुस्ताएका सेन पुन निर्माणमा आउनुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । सेनले यी दुबै चलचित्र आफ्नै आसुसेन फिल्मस्को ब्यानरमा बनाउन लागेका हुन् ।

Give Your Opinion On "६ वर्षीया बालक आयूब चलचित्रको हिरो"