शुक्रबारबाट देशभर ‘अफिसर’

काठमाडौं – फिल्म ‘अफिसर’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने भएको छ । उपेन्द्र तिमिल्सिना निर्देशित यो फिल्म अभिनेत्री रीचा शर्माको ‘सुनकेसरी’सँग भिड्न लागेको हो । आफ्नो फिल्म एकल आउने भएकोमा केही दिन अगाडीसम्म रीचा निकै खुसी देखिएकी थिइन् । यो अचानक आउँनले उनको फिल्मको ब्यवसायलाई केही ह्याम्पर पर्ने देखिएको छ ।
‘शुक्रबार एकमात्र फिल्म भएकोले अफिसर ल्याउन लागेको हो’ प्रस्तुतकर्ता निरन्जन शर्माले भने ‘फिल्मले राम्रो चलचित्र भवन पाएको छ ।’ एक्सन बिषयमा बनेको यो फिल्मले ब्यवसाय पनि राम्रो गर्न सक्ने उनको भनाई रहेको छ ।
एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको फिल्ममा निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय रहेको छ । शशी बिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।

Give Your Opinion On "शुक्रबारबाट देशभर ‘अफिसर’"