अफिसर हिट भयो –अभिनेता निरन्जन

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अफिसर’ले राम्रो दर्शक पाएको छ । उपेन्द्र तिमिल्सिना निर्देशित यो फिल्मले सबै चलचित्र भवनमा राम्रो ब्यवसाय गरेको अभिनेता निरन्जन शर्माले बताए ।


‘तीन चलचित्र एकसाथ आउँदा ब्यवसाय के हुने हो भन्ने डर थियो ’शर्माले भने ‘चलचित्रको ब्यवसायले निकै उत्साहित बनाएको छ ।’ शर्माले चलचित्र एक्सनले भरिपुर्ण भएकोले पनि दर्शकको रोजाइमा परेको सुनाए ।


एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता निरन्जन शर्मा हुन् । निरन्जनको अलवा चलचित्रमा सपना सिंह र आयुस रिजाल लगायतको अभिनय रहेको छ ।


शशी बिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।

 

Give Your Opinion On "अफिसर हिट भयो –अभिनेता निरन्जन"