तिमी हुन्छौ जहाँ–जहाँ’ मा फरक भूमिकामा छुः अभिनेत्री मलिना

काठमाडौं – अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी अहिले सम्मकै फरक रुपमा देखिने भएकी छन् । उनले चलचित्र ‘तिमी हुन्छौ जहाँ–जहाँ’मा आफु फरक भूमिकामा देखिन लागेको बताएकी हुन् ।
सोमबार ‘तिमी हुन्छौ जहाँ–जहाँ’ ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले चलचित्र सबैले रुचाउने बनेको दाबी गरिन् । अभिनेता मनिष सुन्दर श्रेष्ठसँग जोडी बाँधेकी मलिनाले श्रेष्ठसँगको रोमान्स निकै दर्शकले रुचाउने आस ब्यक्ति गरिन् । यसअघि यी दुबै ‘रानी’मा देखिएका थिए ।

चलचित्र विकास बीसीले निर्देशन गरेका हुन् । एकदशक लामो समय चलचित्र सम्पादनमा काम गरेका बीसीको यो डेब्यु चलचित्र हो । गीत संगीत र ट्रेलरले दर्शकमा कौतुहलता जगाउन सफल भएकोले चलचित्र सफल हुने निर्देशक बीसीले बताए । विकासले युवापुस्ताका दर्शकलाई लक्षित गरेर चलचित्र बनाएको कार्यक्रममा सुनाए ।

अभिनेता मनिषले भने सरल कथावस्तुमा निर्माण भएको ‘तिमी हुन्छौ जहाँ जहाँ’को मेकिङदेखि कथासम्म उत्कृष्ट रहेको दाबी गरे ।  ८ असारबाट प्रदर्शनमा आउने चलचित्रले लभस्टोरी कथा बिषय बनाएको छ । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको रहेको ‘तिमी हुन्छौ जहाँ जहाँ’को कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की यसकी सह–निर्मात्री हुन् ।

मलिना र मनिषको अलवा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको समेत अभिनय रहेको चलचित्रमा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको छ ।  कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।

Give Your Opinion On "तिमी हुन्छौ जहाँ–जहाँ’ मा फरक भूमिकामा छुः अभिनेत्री मलिना"