नव गायक बमबहादुरको ‘मनको थैली’ चार्चमा

काठमाडौं– पछिल्लो समय नेपाली गीतसंगीतको बजार निकै धरासय बन्दै गएको छ । गीतको बजार धरासय बन्दै गएता पनि बजारमा दिनप्रतिदिन गीतको संख्या निकै थपिँदै आएको हामीले देखिरहेका छौं ।
त्यसै क्रममा नवगायक बम बहादुर बयकले पनि नयाँ गीत बजारमा ल्याएका छन् । बिस २०४३ सालमा सुर्खेतको चौकुनेमा जन्मीएका बम बहादुर बुबा अभिचन्द्र बयक र आमा सुनमता बयकका माईलमा सन्तान हुन् ।
सानो उमेरदेखि नै गीतसंगीत क्षत्रमा रमाउने बम बहादुरले चर्चित सर्जक तथा गायक राजन ठकुरीसँगको सहकार्यमा ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । उनको गीत छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ ।
नेपाली र नेपालको छुट्टै पहिचान बोकेको गीत ‘मनको थैली’ले पञ्चेबाजाको मौलीकपन बोकेको छ ।
दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा नवगायक बमबहादुर बयक, गायक ठकुरी र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरीले लयबद्ध गरेका हुन्, भने शब्द पनि उनी आफैले लेखेका छन् ।
गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।

Give Your Opinion On "नव गायक बमबहादुरको ‘मनको थैली’ चार्चमा"