नाटकमा भोट युद्ध र कविता

काठमाडौं– सयौं बर्षअघि तिब्बतमा नुन लिन जा“दा तामाङ र तिब्बतीबिच भएको युद्ध समेटिएको लोकनाटक ‘ताचेमा’ र बुद्धचित्त मालाको बोटलाई संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा उभ्याइएको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ ले सेलो नाट्य महोत्सव–२०७५ को दोस्रो दिनको माहौल तताए । तामाङ मौलिक खाना, पुस्तक प्रदर्शनी र ताम्बा नाचसहित राजधानीको शिल्पी थिएटरमा जारी रहेको महोत्सवमा आइतबार दुई नाटक मंचन गरिएको हो ।

गोपाल फ्युबाले संयोजन गरेको ‘ताचेमा’ धादिङ जिल्लाको प्रचलित लोकनाटक मानिन्छ । रातो बस्त्रधारी तिब्बती सेना र सेतो ब्रस्त्रधारी तामाङ सेनाबिच भएको युुद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छन् । दुबै पक्ष मिलेपछि नुनस“ग अन्न साटेर तामाङहरु तिब्बतबाट फर्किन्छन् ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशन फ्युबा, मनोज लोप्चन सिंग बहादुर तबमाङ प्रकाश तामाङ सन्देश तामाङ सुभ सन्तोश तामाङ बिकल तामाङ मुस्कान तामाङ डिम्पल तामाङ रेशा तामाङ र बिनिता तामाङले अभिनय गरेका थिए ।

त्यस्तै कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ले भने पितृप्रतिको सम्मान, समर्पण र उनीहरुको मुल्यबोधको सौन्दर्य प्रस्तुत गरिएको थियो । बसन्त चौधरीको नेपाली कविता ‘मेरो बोधिबृक्ष’को तामाङ रुपान्तरणलाई शान्ति वाइवाले नाटकको रुपमा निर्देशन गरेकी हुन् । बुद्धचित्त मालाको रुखलाई पुर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकको रुपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरु अन्त्यमा आफ्नो बुबा–आमा (संस्कृति) सम्झेर फर्किन्छन् । नाटकमा शान्तिस“गै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए । नाटक निर्देशकहरुलाई प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले मायाको चिनो प्रदान गरेका थिए ।

‘पुरापुर्व कालदेखि तामाङहरु उपत्यका आसपास छरिएर रहेको पाइन्छ’ उनले भने, ‘तर, अहिले आधुनिकताका कारण विस्तारै परिस्थिति बदलि“दैछ । जे जस्तो भएपनि आफ्नो मौलिक संस्कृति जोगाइ रँख्नुपर्छ । त्यस दृष्टिले यस्तो महोत्सव निकै अर्थपुर्ण हुनसक्छ ।’ नाटक मंचन अघि ‘तामाङ रंगमंचको अवस्था’बारे भाषाविद अमृत योन्जनले कार्यपत्र पेश गरेका थिए । उनले तामाङहरु लोकनाटकमा धनी भएपनि आधुनिक रंगमंचमा बल्ल पाइला चाल्न थालेको बताए ।

महोत्सवको कार्यपत्र सेसनमा समाजशास्त्रि डा. मुक्तसिंह तामाङ, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त लगायतले रंगमंचको चर्चा गरेका थिए । काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रतिष्ठान र सेलो फाउन्डेशनले गरेको महोत्सवको तेस्रो दिन सोमबार एक कार्यपत्र, एक आधुनिक नाटक र एक लोक नाटक प्रस्तुत गरिने बताइएको छ ।

Give Your Opinion On "नाटकमा भोट युद्ध र कविता"