पूर्णिमा र बिष्णुको ‘आकाशैमा’ रोमान्स

काठमाडौं – मोडल पूर्णिमा श्रेष्ठ र बिष्णुको अभिनय रहेको अर्काे म्युजिक भिडियो ‘आकाशैमा’ सार्वजनिक भएको छ । गायिका योजी बानुको स्वर तथा शब्द रहेको गीतमा बिक्रम कार्कीले संगीत दिएका छन् ।

सन्तोष र चक्रको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्तोष र राजुको निर्देशन रहेको छ ।

प्रेम र रोमान्सको थिममा तयार पारिएको भिडियोमा पूर्णिमा र बिष्णुको अभिनय समय सुहाउँदो छ ।

हाइलाइट नेपालले आफ्नो युट्युवबाट भिडियो सार्वजनिक गरेको हो ।

Give Your Opinion On "पूर्णिमा र बिष्णुको ‘आकाशैमा’ रोमान्स"