तेस्रोलिङ्गी तथा समलिङ्गीको गाईजात्रा रुप

काठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यकहरुले पनि गाईजात्राको प्रदर्शन गरेका छन् । ठमेलको त्रिदेवीमार्गबाट सुरु भएको गाईजात्रा प्रदर्शन असन, इन्द्रचोक हुँदै बसन्तपुर सम्म पुगेको थियो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासंघको अगुवाइमा सो गाईजात्रा प्रदर्शन गरिएको हो ।

गाईजात्रामा सयौँ लैङिगक अल्पसङ्ख्यकका साथै हेर्नेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

लैंगिक अल्पसङ्ख्यकहरूको पारिवारिक स्वीकार्यतामा केन्द्रित यो प्रदर्शनको उद्देश्य लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई सर्वप्रथम परिवारले नै स्वीकार गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु भएको बताइएको थियो ।

प्रदर्शनीमा समलिङ्गी, तेस्रोलिङ्गीलगायतको सहभागिता थियो ।

Give Your Opinion On "तेस्रोलिङ्गी तथा समलिङ्गीको गाईजात्रा रुप"